तामाङ समाज कतारद्वारा बिरामीहरुलाई आर्थिक सहयोग

काठमाडौ

प्रवासी तामाङ समाज कतारले क्यान्सर रोगीहरुलाई आर्थिक सहयोग गरेको छ ।

समाजले असार १३ गते शुक्रबार काठमाडौको बौद्धस्थित रहेको कोईच क्याफेमा एक कार्यक्रम गरी एक दम्पतीसहित ३ जनालाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेको हो ।

सिन्धुली कमलामाई नगरपालिका-४, चुनेटार निवासी क्यान्सर ग्रसित दम्पति वीर बहादुर लो तामाङ र मनमाया तामाङलाई ४६ हजार रुपियाँ समाजका सल्लाहकार तिर्थ थिङ र कोषाध्यक्ष गौतम तामाङले प्रदान गरेका थिए ।

त्यसैगरी धादिङ निलकण्ठ नगरपालिका-१४, निवासी मृगौला रोगी सुर्चेन तामाङलाई छुट्टीमा रहेका सल्लाहकार थिङ र कोषाध्यक्ष तामाङले ५५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय  तामाङ परिषदका सचिव रबिन तामाङ, सगु प्रोडक्सनकी प्रबन्धक सोनी तामाङ (अधिकारी), छेमेकी मार्टका प्रतिनिधि बुद्ध योन्जन, समाजका सहकोषाध्यक्ष सुवास तामाङ, आजीवन सदस्य रोशन दोङ तामाङ र समाजसेवी माया बोम्जन लगायत उपस्थित रहेका थिए ।

बिरामीहरुले आर्थिक सहयोग गरेकोमा समाजलाई धन्यवाद दिदै अन्य संघसंस्था र व्यक्तिलाई आर्थिक सहयोग गरी प्राण बचाइदिन आग्रह गरे ।

तपाईको प्रतिक्रिया