कालिका गाउपालिका–१ राम्चेमा दुई दिने लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य सम्वन्धि तालिम सम्पन्न भएको छ ।
जनजागृति महिला समूह–२ को आयोजनामा क्रिश्चियन एड नेपालको सहयोगमा भएको हो । जेठ ३० र ३१ गतेसम्म सञ्चालित तालिममा राम्चेका २५ महिलाहरूको उपस्थितिमा लैङ्गकि समानता र सामाजिकिकरणको विषयमा जानकारी दिएका थिए ।
स्थानीय तहको हरेक क्रियाकलापमा महिला सहभागीताको लागि सशक्तीकरण गर्ने, प्रजनन स्वास्थ्यमा पार्ने आधारभूत विषय र लैङ्गिक हिंसा विरूद्वको विषयमा जानकारी दिने उद्देश्यले सञ्चालन भएको जिल्ला संयोजक भद्रा राजभण्डारीले बताइन् ।