सांसद विद्याले लिइन् शपथ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौ
तस्बिर : नवीन पौडेल / रासस

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले संघीय सांसद सचिवालयमा आज आयोजित समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ दिएकी हुन् ।

प्रतिनिधिसभा सदस्यको गत मंसिर १४ गते भएको उपनिर्वाचनमा उनी कास्की निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित भएकी थिइन् ।तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनपछि उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त भएको थियो ।

सांसद भट्टराई स्व: अधिकारीका धर्मपत्नी हुन् । उपनिर्वाचनमा आफ्ना् निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतले पराजित गरी उनी विजयी भएकी थिइन् । शपथपछि सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्,’संविधानले निर्दिष्ट गरेको भूमिकामा रहेर काम गर्नेछुु, नीति निर्माण र विकास निर्माणबारे जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न लागिपर्नेछुु ।’

शपथ समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुुरुङ, संघीय संसद्का विभिन्न विषयगत समितिका सभापति, सांसद तथा संसद् सचिवालयका महासचिव उपस्थित रहेको थियोे ।

तपाईको प्रतिक्रिया