दोस्रो मेयरकप: बारा सेमिफाइनलमा

सर्लाही

सर्लाही बीलाई हराउँदै बारा सेमिफाइनलमा प्रवेश गरेको छ । सर्लाहीको हरिवनमा जारी प्रदेश नम्बर २ स्तरीय दोस्रो हरिवन मेयरकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको अन्तिम क्वाटरफाइनल खेलमा बाराले सर्लाही बीलाई हराउँदै आफ्नो सेमिफाइनलको यात्रा तय गरेको हो ।

बाराले अब आउने सोमबार सेमिफाइनलमा पर्सा सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने पक्का भएको छ । घरेलु टिम सर्लाहीले राम्रो खेल खेलदा खेल्दै पनि खेलको ४० औं मिनेटमा आई केही तालमेल नमिल्दा बाराका मनिष क्षेत्रीले प्रहार गरेको बलले सोझै जाली चुम्न सफल भए ।

खेलमा फर्किन सर्लाहीका टिमले निकै नै प्रयास गरे तर सफल भएन भएनन। दोस्रो हाफ पछि पनि सम्हालेर खेले तर गोल फर्काउन भने सफल भएन र अन्तत जित बाराको पोल्टामा पय्रो । यश अघि एउटा खेल खेलिसकेका अनुभवले पनि बारालाई यो जित निकाल्न केही सहज नै भयो । खेलको म्यान अफ दि म्याच निर्णायक गोल गर्ने बाराका मनिष क्षेत्री घोषित भए ।

जारी प्रतियोगितामा भोलिबाट सेमिफाइनल खेल सुरु हुनेछ र पहिलो सेमिफाइनल अन्तर्गत सर्लाही रातो र धनुषा बीच खेल हुने खेल सह-संयोजक कामना क्याप्छाकी मगरले जानकारी गराए। प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता टिमले नगद ७५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगिताको प्रत्येक बिधामा उत्कृष्ट भएका खेलाडीले नगद ५ हजार प्राप्त गर्ने छ । प्रतियोगिताको फाइनल खेल १८ गते हुने आयोजकले बताएका छन् ।

तपाईको प्रतिक्रिया