बेरोजगार दर सन् १९७४ पछि कै निम्न अवस्थामा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
बेलायत

बेलायतको बेरोजगार दर सन् २०१९ को पछिल्लो त्रैमासिक अगष्ट–अक्टोबरमा सन् १९७४ पछिकै निम्न विन्दुमा झरेको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार बेलायतमा करिब १२ लाख ८० हजार व्यक्ति बेरोजगार रहेका छन् । सन् २०१८ को सोही अवधिको तुलनामा यो संख्या  ९३ हजारले कमी हो भने पाँच वर्ष पहिलेको सोही अवधिभन्दा यो संख्या ६ लाख ७३ हजारले कमी हो ।

‘विगत छ वर्षमा बेलायतको बेरोजगार दर सामान्य गतिमा घटिरहेको छ,’तथ्यांक कार्यालयले जनाएको छ । यसैबीच बेलायतमा रोजगार दर ७६.२ प्रतिशत रहेको पनि अध्ययनले बताएको छ । यो दर गत वर्षको अगस्ट–अक्टोबरको तुलनामा ०.४ प्रतिशत अङ्कले वृद्धि हो । बेलायतमा ८०.४ प्रतिशत पुरूष रोजगार रहेका छन् भने महिलाको रोजगार दर ७२.० प्रतिशत देखिएको छ ।

पछिल्लो समय महिलाहरूको रोजगार दरमा देखिएको वृद्धिमा आंशिक रूपमा राज्यले महिलाका लागि सेवा निवृत्त हुने उमेर हदलाई बढाउनु पनि जिम्मेवार रहेको उल्लेख गरिएको छ । बेलायतमा महिलाहरूले सक्रिय जागिरे जीवनबाट ६० देखि ६५ वर्षको उमेरमा विदा लिने गरेका तथ्यांकमा उल्लेख छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया