विभिन्न मुलुकका लागी राजदूत नियुक्त

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघ र तीन मुलुकका आवासीय नेपाली राजदूत (स्थायी प्रतिनिधि) लाई विभिन्न मुलुकको गैह्रआवासीय राजदूतमा आज नियुक्त गरेको छ ।

नेपालको संविधानको धारा, २८२ को १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरिएको हो ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई बु्रनाई, थाइल्यान्डका राजदूत गणेशप्रसाद ढकाललाई कम्बोेडिया, लाओस र भियतनाम, राष्ट्रसंघका लागि आवासीय प्रतिनिधि अमृतबहादुर राईलाई इक्वेडर र क्यानाडाका लागि राजदूत भृगु ढुंगानालाई क्युबाको गैह्रआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया