सहिद परिवारको भैँसी पूर्वमन्त्रीको गोठमा


प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारका लागि भन्दै भैंसी किनेर पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ । सिरहामा सरकारले बाँडेको भैंसी पूर्वमन्त्री र पार्टीका नेतादेखि नेताका आफन्तसम्मको गोठमा पुगेका छन् ।

पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरी ज्वाई रमेशकुमार यादवले सहिद परिवारका नाममा आएको भंैसी पाएका छन् । उनीहरुले भूमि व्यवस्था तथा कृषि एवं सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहाले विहिबार लहानस्थित पशुपति आदर्श माविको प्रागंणमा भैंसी हस्तान्तरण गरेका थिए ।

मधेस आन्दोलनमा सिरहाबाट ६ जना सहिद भएका थिए । यो जिल्लामा सरकारले १८ परिवारलाई भंैसी बाँडेको छ । तर तीन सहिद परिवारले भैसी पाएका छैनन् । नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

पत्रपत्रिका