सउल सांगीतिक साँझमा भ्वाइस्का विकास लिम्बु आउने

सैलुङअनलाइन
सैलुङअनलाइन
7 Shares
दक्षिण कोरिया

‘सउल सांगीतिक साँझ’ मा द भ्वाइस् अफ नेपालको टप फाइनलिस्ट विकास लिम्बु ल्याउने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ कोरियाको साँस्कृतिक विभागको आयोजनामा कोरियनहरुको चाड सलनालको पहिलो विदाको दिन साँझ हुने कार्यक्रममा गायक विकाससहित आधा दर्जन कलाकारको सांगीतिक मनोरञ्जन हुने बताएको छ । आइतबार सउलमा पोस्टर सार्वजानिक गर्दै कलाकारको नाम समेत सार्वजानिक गरेको थियो ।

सांगीतिक साँझमा गायक विकाससँगै गायिका संगीता थापा मगर, बबिना किराँती, गायक सित्तल गुरुङ, दिनेश राई, डान्सर भुमिका राई र डिजे एपी तेन्जिङको प्रस्तुतिमा भरपुर मनोरञ्जन लिन सक्ने आयोजकले बताएको छ । पहिलो चरणमा लोकदोहोरी कलाकारको लाइभ दोहोरी ब्याटल हुनेछ । त्यसपछि रातभर डिजेमा रमाइलो गर्न सक्ने छ ।
‘असहाय बालबालिकाहरुको शिक्षामा हाम्रो साँझ अभियान’ भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गर्न लागेको छ । नेपाल आदिवासी जनजाति महासंघ कोरियाले हाल पोखरामा दुई असहाय विद्यार्थीको शिक्षामा आर्थिक सहयोग गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका