रसुवामा बजेट बाँडफाँड

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
रसुवा

जिल्लामा संघीय र प्रदेशबाट आएको बजेट बाँडफाँड भएको छ ।
एक निर्वाचन क्षेत्र र दुई वटा प्रदेशका लागि ५५ वटा कार्यक्रम छनौट गरिएको छ । कार्यक्रम अनुसार संघीय निर्वाचन क्षेत्रले ३० वटा प्रदेश ‘क’ले १३ र प्रदेश ‘ख’ले १२ वटा योजना छनौट गरेका छन् ।

यी मध्ये कालिका गाउँपालिकामा निर्वाचन क्षेत्र र दुवै प्रदेशको बजेट समावेश भएको छ । यो पालिका दुवैले बजेट राखेका हुन्, बाँडफाँड गरिएको बजेट अनुसार सामुदायिक भवन निर्माण, सडकको मर्मत तथा स्तरोन्नति, गुम्बा निर्माण, खानेपानी मर्मत लगायतका प्राथमिकतामा परेको छ ।

केही स्थानमा सौर्य बत्ती जडान, हेलिप्याड निर्माण, तातोपानी मूल संरक्षण लगायत योजना पनि राखिएको छ । निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँ बजेट र दुई वटा प्रदेशमा तीन —तीन करोड बजेट आएको छ । निर्वाचन क्षेत्र नं. १ अन्तर्गत आएको बजेट मध्ये गोसाइँकुण्डमा आठ वटा योजनाका लागि एक करोड ७५ लाख रुपैयाँ, नौकुण्डमा सात वटाका योजनाका लागि एक करोड ५० लाख रुपैयाँ, कालिकाको पाँच वटा योजनामा एक करोड दुई लाख ५० हजार रुपैयाँ, आमाछोदिङमोमा दुई वटा योजनामा ६० लाख बजेट विनियोजन भएको छ ।

प्रदेश ‘क’ले गोसाइकुण्ड गाउँपालिकामा सबैभन्दा बढी योजना परेको छ । यसमा ६ वटा योजनाका लागि एक करोड ४० लाख रुपैयाँ नौकुण्डमा पाँच वटा योजनाका लागि एक करोड ३० लाख रुपैयाँ, कालिकामा दुई वटा योजनाका लागि २३ लाख २५ हजार रुपैया छुट्याएको छ ।

यसैगरी प्रदेश ‘ख’ले आमाछोदिङमो गाउँपालिकामा ६ वटा योजनाका लागि ७६ लाख २५ हजार रुपैयाँ, कालिकामा ४ वटा योजनाका लागि एक करोड २० लाख रुपैयाँ, उत्तरगयामा दुई वटाका लागि एक करोड बजेट परेको जिल्ला समन्वय समिति रसुवाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया