मुखभित्र घाउ आउने समस्याको घरेलु उपचार

काठमाडाैं

मुखभित्र बारम्बार खटिरा आउने समस्याबाट हामीमध्ये कतिपय पीडित छौँ । अस्पताल नै जान पनि सामान्य समस्या, त्यही पनि एकपटक औषधी खायो फेरि केहीदिनमा उस्तै हुने । त्यसैले यसबाट छुटकारा पाउन निकै गाह्रो परिरहेको हुन्छ ।

घरेलु उपाय यसरी प्रयोग गर्नुहोस , मुखभित्र खटिरा आउने समस्याबाट छुटकारा पाउँछ ।

बेकिङ सोडा

मुखभित्र छालामा आउने चोटका लागि बेकिङ सोडाको प्रयोग निकै उपयोगी हुन्छ । मनतातो पानीमा एकचम्चा बेकिङ सोडा मिसाउनुस् । यस्तो पानीले दैनिक एकपटक मुख कुल्ला गर्नुस् । यसले मुखभित्रको छालामा आउने चोट निको पार्न त सहयोग गर्छ नै दुखाई पनि कम हुन्छ ।

आलुबखडाको जूस

आलुबखडाको जूस माउथवासको रुपमा प्रयोग गर्दा पनि मुखभित्रको घाउ निको हुन्छ । यसका लागि करिब २ चम्चा आलुबखडाको जुसलाई मुखमा लिएर २/३ मिनेटसँग त्यहीँ खेलाउनुस् । या कपासको टुक्रो आलुबखडाको जुसमा भिजाएर घाउ आएको ठाउँमा राख्नुहोस् ।

फिटकिरी

फिटकिरीको प्रयोगले दुखाई कम हुन्छ । दिनमा दुईपटक फिटकिरीलाई मुखभित्र घाउ आएको ठाउमा लगाउनुहोस् । तर, यसको प्रयोग गर्दा सुरुमा केही दुखाई भने महसुस हुनसक्छ ।

टी ब्याग

मुखभित्रको छालाको उपचारका लागि टी ब्याग निकै उपयोगी हुन्छ । यसमा रहेको ट्यानिक एसिडले छालाको दुखाई कम गर्छ । एकपटक प्रयोग गरिसकेको टी ब्यागलाई मुखभित्र घाउ आएको छालामा १०/१५ मिनेटसम्म राख्नुहोस् । तपाईंले धेरै राहत महसुस गर्नुहुन्छ ।

चियाको बोटको तेल

चियाको बोटबाट निकालीने तेललाई किटानाशक मानिन्छ । ९० प्रतिशत पानीमा १० प्रतिशत चियाको तेल मिलाएर दिनमा दुईपटक मुख कुल्ला गर्नुहोस् । यसले मुखभित्रको छाला ठिक हुनेमात्र होइन, दुखाई पनि कम हुन्छ ।

नून-पानी

नून-पानी पनि मुखभित्रको दुखाई कम गर्नका लागि लाभदायक हुन्छ । नूनमा छालालाई सुकाउने गुण हुन्छ, त्यसैले मनतातो पानीमा एकचम्चा नून मिसाएर सम्भव भएसम्म धेरै पटक मुख कुल्ला गर्नुहोस् ।

अम्बाको पात

अम्बाको पात चपाउँदा पनि मुखभित्रको छाला ठिक हुन्छ ।

अलैँची

अलैँचीलाई पिसेर महसँग मिलाई मुखभित्रको छालामा लगाउँदा फाइदाजनक हुन्छ । यसले मुखको दुर्गन्ध हटाउन पनि सहयोग गर्छ ।

निम पत्ता

निम पत्तामा एन्टिसेप्टिक गुण हुन्छ । यो किटाणु नष्ट गर्न निकै उपयोगी मानिन्छ । त्यसैले दिनमा दुईतीनपटक निम पत्ता चपाउनुस्, चोट केही दिनमै निको हुन्छ । यो अत्याधिक तितो हुन्छ, त्यसैले चपाउन सक्नुभएन भने निमपत्तालाई पिसेर गाइको घ्यूमा मिसाइ मुखभित्र घाउ आएको ठाउँमा लगाउँदा पनि हुन्छ ।

बेसार

मुखभित्र घाउ आएको ठाउँमा बेसार लगाउँदा फाइदाजनक हुन्छ । बेसारलाई पानीमा मिसाएर उबाल्नुस्, त्यो पानी मनतातो हुने गरी सेलाएर मुख कुल्ला गर्दा निकै फाइदा हुन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका