गाजर, गोलभेँडा, पालक, काँक्रो, खरबुजा, मेवा, आँपजस्ता फलफूलमा क्यालोरी कम हुन्छ । त्यही भएर गर्मीमा यस्ता मौसमी फल खानु राम्रो हुन्छ । यसले एसिडिटीको समस्याबाट पनि मुक्ति दिन्छ ।
– यस्ता मौसमी तरकारी र फलफूल खाने गर्नाले शरीर शीतल रहन्छ ।
– गर्मी मौसममा दिउँसोतिर भोक लाग्यो भने फलफूल, सलाद र सुप खान जोड दिनुपर्छ । यस्तो खानाले पेट पनि भरिन्छ र शरीरमा अनावश्यक बोसो पनि लाग्दैन । साथै, शरीरलाई गर्मी पनि गर्दैन ।
– गर्मीको मौसममा मोटा मानिसले बिहानको खाजामा केरा खानु राम्रो हुन्छ । यसो गर्दा वजन बढ्दैन । साथै, केरामा पाइने पोटासियम र आइरनले गर्मीमा मानिसलाई दिनभरि फुर्तिलो राख्न मद्दत गर्छन् ।
– बिहान–बेलुका फटाफट हिँड्ने गर्नाले गर्मीमा ज्यादै राम्रो गर्छ । यसो गर्दा शरीरमा अक्सिजनको मात्रा बढ्छ ।
– रातको खाना खाएपछि १५–२० मिनेट बिस्तारै टहल्नु लाभदायक हुन्छ । जाडोमाभन्दा गर्मीमा यस्तो गर्न सजिलो हुन्छ ।
– पानीको ‘इन्टेक’ बढाउने अनेक तरिका छन् । पानी खाइरहन मन लाग्दैन भने जुस, दही, लसी, कागतिपानी, सर्वत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप, फलफूल आदि खाएर शरीरमा पानीको आपूर्ति बढाउन सकिन्छ ।
– गर्मीमा चिया, कफिसकेसम्म कम खानुपर्छ । ग्रिन टी खाने बानी बसाल्नु गर्मीमा बढी लाभदायक हुन्छ ।
– गर्मीमा चिसो पानी पर्याप्त मात्रामा खाने गर्नाले पाचन प्रणाली सुधृने र शरीर शीतल हुने गर्छ ।