अफगान युद्धमा एक लाख नागरिक हताहत :  राष्ट्रसंघ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
अफगानिस्तान

अफगानिस्तानमा पछिल्लो एक दशकमा एक लाखभन्दा बढी मानिसको मृत्यु घाइते भएका संयुक्त राष्ट्रसंघले बिहीबार जारी प्रतिवेदनमा बताइएको छ ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भएको रक्तपातपूर्ण युद्धको तथ्यांक जारी गर्दै १८ बर्षे युद्धलाई अन्त्य गर्न आग्रह गरेको हो । अफगानिस्तानका तालिवान विद्रोही र संयुक्त राज्य अमेरिकाबीच युद्ध अन्त्यका लागि वार्ता चलिरहेका समय संयुक्त राष्ट्रसंघले यो तथ्यांक जारी गरेका हुन् ।

गत सेप्टेम्बरमा तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच भएको वार्ताका आधारमा एक सम्झौता गर्दै स्थायी शान्तिका लागि अघि बढ्ने भनाइहरू आइरहेको थियोे । त्यही बेला विद्रोहीले अमेरिकी सैन्य अधिकारीको मृत्यु हुने गरी काबुलमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा एकतर्फीरूपमा वार्ता तत्कालका लाग भंग गरेको थियो ।

विद्रोही र सरकारबीचको निरन्तर झडपका घटनाबाट अफगानी सर्वसाधारणको मृत्यु हुने क्रम जारी रहँदा पुनः वार्ता सुरू भएको बताइएको छ ।

अफगानिस्तानमा कार्यरत राष्ट्रसंघीय उप–नियोगले विगत दश वर्षदेखि युद्धको तथ्यांक राखेको छ । अफगानिस्तानका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधि तादामिची यामामोचोद्वारा जारी विज्ञप्तिमा उनले भने, दुःखको कुरा सर्वसाधारणको हताहती आज पनि रोकिएको छैन । एक दशकमा करिब एक लाखभन्दा बढी व्यक्ति कोहीले ज्यान गुमाए कोहि पूर्णरूपमा अपाङ्ग बने ।’

‘राष्ट्रसंघले अफगानिस्तानको शान्तिका लागि प्रयासरत सबैसँग आग्रह गर्छ कि उनीहरूले लाखौँ अफगानी सर्वसाधारणको कुरा सुनुन र शान्तिसँग बाँच्ने अधिकारको रक्षाका लागि ठोस उपलब्धि निकालुन् । खासगरी घाइतेसहित हजारौँ अफगानी सर्वसाधारणले अझै पनि आफ्नो जिन्दगीलाई पुनः निर्माण गर्न चाहन्छन् । यसका लागि पहल गरियोस् ।’

राष्ट्रपति असरफ घानी दोस्रो कार्यकालका लागि निर्वाचनबाट विजय भएसँगै अमेरिका, अधिकांश तालिवान विद्रोही र सरकारबीच सम्झौताको वातावरण सिर्जना भएको विश्लेषकहरूले बताएका छन् । पहिले घानीप्रति सशंकित विद्रोही पनि पछिल्लो समय थाकेको र वार्ताका लागि इच्छा प्रकट गरेको देख्न सकिन्छ ।

राष्ट्रसंघका अनुसार यस वर्षको मध्यमा (जुलाई १ देखि सेप्टेम्बर ३० सम्म) अफगानिस्तानमा कम्तीमा एक हजार १७४ जनाको मृत्यु भएको छ भने तीन हजार १३९ घाइते भएका छन् । राष्ट्रसंघको तथ्यांक गतवर्ष अफगानिस्तान द्वन्द्वमा ज्यान गुमाउनेको संख्या निकै कहालीलाग्दो थियो । गतवर्ष तीन हजार ८०४ जना सर्वसाधारणले ज्यान गुमाए भने त्यसमध्ये ९२७ बालबालिका थिए ।

तपाईको प्रतिक्रिया