ए डिभिजन लिग : पुलिससँग सरस्वती पराजित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौ

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले सरस्वती युवा क्लबलाई २–० गोलले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले दुवै गोल दास्रो हाफमा गरेको हो । पहिलो हाफमा पुलिस र सरस्वतीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा पुलिस १० खेलाडीको भरमा खेल्न पुगेको थियो ।

पुलिसका अञ्जन राईले रातो कार्ड पाएपछि मैदानबाट बाहिरिनु परेको थियो । दोस्रो हाफमा पुलिसले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो । खेलको ४६औँ मिनेटमा पुलिसका लागि सुमन लामाले गोल गरेको थियो भने ७९औँ मिनेटमा भोलानाथ सिलवालले गोल गरे ।

सिलवालले खेलको अतिरिक्त समयमा अर्को गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न भने सकेनन् । खेलको ‘प्लेयर अफ दी म्याच’ पुलिसका सुमन लामा भए । लामालाई गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले ट्रफी वितरण गरे । पुलिसले चार अंक बटुले छ । लगातार तीन खेलमा पराजय भोगेको सरस्वती क्लब अंक तालिको अन्तिम स्थानमा छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका