दमरोग शिविरमा २ सय ६१

रसुवा

दमरोग स्वास्थ्य शिविरमा २ सय ६१ विरामीले सेवा लिएका छन् । यो शिविर जिल्लामा पहिलो पटक गरिएको हो ।

शनिवार जिल्ला अस्पताल रसुवाद्धारा सञ्चालित निशुल्क शिविरमा बढी दम र सिओपिडीका बिरामीले सेवा लिए ।

रोगी पत्ता लगाउन र उपचारमा सहज बनाउन शिविर सन्चालन गरिएको अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुइकेलले बताए ।

एक दिने शिविरमा सवैभन्दा वढी दम रोगीको पाइएको थियो । ह्याम्स अस्पतालका वरिष्ठ दमरोग विशेषज्ञ डा. राजु पंगेनीले स्माईरोमिटर र बेद्रोमिटरवाट फोक्सोको निशुल्क जाँच गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका