डिएक्सएन ग्रुपले मनाइयो अंग्रेजी नयाँ वर्ष

खोबार, साउदी

साउदी अरेबियामा शुक्रबार डिएक्सएन ग्रुपले अंग्रेजी नयाँ वर्ष २०२० लाई स्वागत गरेको छ । प्रवासमा श्रमिकहरुको व्यस्ततालाई ध्यानमा राखेर चार दिन अगाडि नै स्वागत गरेको ग्रुपका खोबार प्रतिनिधि जय कार्कीले जानकारी दिए ।

शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमसहित खोबारस्थित दरबार रेस्टुरेनमा कार्यक्रम भएको हो । कार्यक्रमलाई खोबार र दमामले संयुक्तरूपमा आयोजना गरेका हुन् ।

समारोहमा शुभकामनासँगै मोटिभेसन दिने क्रमश डिएक्सएनका बरिस्ठ प्रतिनिधि कुलबहादुर श्रेष्ठले कम्पनीको लगभग १ करोड भएको बताए । उनले थपे- ‘मभन्दा मुनि झण्डै २ हजारको हाराहारीमा सदस्य रहेका छन्,’त्यो सबै एउटाले हार्ने अर्कोले जित्ने खेलबाट सम्भव भएको होइन । त्यसैले जित्ने अनि जिताउने खेलबाट सबै सफल हुन्छ,’डिएक्सएन पनि त्यस्तै हो, स्वास्थ पनि रहने र केही मुनाफा’ उनले भने ।

कार्यक्रममा स्वास्थ्यलाई तन्दुरुस्त राख्ने हो,भने ‘डिएक्सएन बाहेकको विकल्प छैन,’तसर्थ बाहिरको हल्ला होइन भित्रको यथार्थलाई बुझेर जडीबुटीबाट उत्पादित बस्तुको सदुपयोग गर्नुपर्ने पुस्ता चामिङ राईले बताए । उनका अनुसार नेपालमा न्यु विवेक इण्टरप्राइजेज अन्तर्गत डिएक्सएनको स्वास्थ्य सम्बन्धी उत्पादकहरू नेपालभर पाइने गर्छ ।

राई भन्छन् ,’प्राइजेज अन्तर्गत नेपाल सरकारलाई कर तिरेर मलेसियाबाट उत्पादकहरू भित्रिने गर्छ । डिएक्सएनको नेटवर्किङ सम्बन्धी नेपाल सरकारलाई बैधानिकका लागि कागजपत्र बुझाइसकेको राईले बताए । राष्ट्रपतिबाट तोक लागिसकेको र अब चाँडै मन्त्री परिषदबाट अनुमोदन हुन्छ, उनले भने ।

डिएक्सएनका वरिष्ठ प्रतिनिधिहरू सुन आले मगर, रामेश अधिकारी, चन्द्र भण्डारी, हरिकिशोर ठकुरी लगायतले डिएक्सएननै प्रयोग किन भन्ने विषयमा मोटिभेसन दिएको थियो ।

डिएक्सएनको स्थापना बहुउद्देश्यीय कम्पनी रूपमा १९९३ मा मलेसियाका डा. लिम सिओ जिनले गरेका थिए । डिएक्सएनले मलेसियाबाटै स्वास्थ्य सम्बन्धी सामाग्री उत्पादन गरी विभिन्न मुलुकमा पठाउने गर्छ । साउदी अरेबियामा डिएक्सएनको स्थापना सन् २००२ मा भएको हो ।

निशा गुरुङ, सुस्मिता तामाङ, मिना लामा लगायतले नृत्य गरेको कार्यक्रम सोनाम राईले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार 

डिएक्सएन ग्रुपले अंग्रेजी नयाँ वर्ष मनाउने

तपाईको प्रतिक्रिया

पत्रपत्रिका