किसानले चिनी मिल बन्द गर्ने 

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौ

ऊखुको बक्यौता रकम नपाएको भन्दै सर्लाहीका किसान शनिबारबाट काठमाडौको माइतीघर मण्डलामा धर्ना बसेका छन् । सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई बक्यौता रकम भुक्तानी दिन आलटाल गरेका कारण उनीहरु धर्नामा बस्न बाध्य भएका हुन् ।

यसअघि गत जेठ ६ गते सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री राकेश मिश्र, ‘ऊखु किसान संघर्ष समिति’ अध्यक्ष रामेश्वारथ राय र सचिव हरिश्याम रायको समस्या समाधान समितिले २०७६ साल भदौ मसान्त भित्रमा किसानको बक्यौता रकम भुक्तानी दिने निर्णय गरेको थियो ।

संघर्ष समितिका पदाधिकारीले पुस मसान्तसम्म पनि बक्यौता रकम भुक्तानीको व्यवस्था नगरेमा सर्लाहीका दुवै चिनी मिल्स बन्द गर्ने चेतावनी दिएका छन् । सर्लाही जिल्लामा झन्डै ३० हजार बिघा क्षेत्रफलमा ऊखु खेती गरिन्छ । ऊखु खेतीमा करिब २० हजार किसान आबद्ध रहेको ‘ऊखु किसान संघर्ष समिति’ अध्यक्ष रायले राससलाई जानकारी दिए । सर्लाही जिल्लाका २० हजार किसानको अन्नपूर्णसँग ५० करोड रुपैयाँ र महालक्ष्मीसँग २१ करोड रुपैयाँ गरी कूल ७१ करोड बक्यौता रहेको समितिका सचिव हरिश्याम रायले बताए ।

सरकारले सालाखाला ऊखुको मूल्य प्रतिकेजी ५ रुपैयाँ ३६ पैसा तोकेको भए पनि ऊखु मिल्सले किसानलाई ४ रुपैयाँ ३५ ?पैसा मात्र भुक्तानी दिँदै आएका छन् । किसानको अन्नपूर्णसँग २०७० र महालक्ष्मीसँग २०७५ सालदेखिको रकम बक्यौता रहेको बताइन्छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका