युएईमा दुवै मृगौला फेल भएकी मनिषा गुरुङको सहयोगार्थ सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
जय चन्द्र सूर्य युवा समूह आबुधावीको आयोजना, हिमालयन रेष्टुरेण्ट र युएई एक्सचेञ्जको मुख्य प्रायोजना तथा लाइफलाइन हस्पिटल, ग्रीन लाईट ट्राभल आबुधावी, नेपाली चुलो रेष्टुरेण्ट, रिया एक्सचेञ्ज, एभरेष्ट पोइण्ट रेष्टुरेण्ट फेडेरल एक्सचेञ्ज, हिमाल रेमिटको सहप्रायोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
विशेषगरी दुवै मृगौला फेल गुरुङलाई आर्थिक सहयोग गर्ने हेतुले गरिएको कार्यक्रम युएईको राजधानी आबुधावीको बिन जायद सिटिस्थित ब्राइट राइडर स्कुलको सभाहलमा डिसेम्बर २७ शुक्रबार भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिमा एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला रहेका थिए । विशेष अतिथिहरुमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईका अध्यक्ष राम तामाङ, नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रकाश ढकाल, आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष महेश मोक्तान रहेका थिए ।
त्यसैगरी अतिथिहरुमा हातेमालो समूह आबुधावीका सुमन पराजुली, त्रिशुली समाज युएईका अध्यक्ष सम्पर फ्युवा तामाङ, मोना युएईका अध्यक्ष रुद्र बहादुर रोक्का मगर, भोजपुर हातेमालो समाज युएईका प्रतिनिधि अस्मी तामाङ, तामाङ समाज युएईका केन्द्रीय सचिव डिल्लीराम तामाङ, इनास आबुधावी क्षेत्रका अध्यक्ष सागर क्षेत्री, समाजसेवी रमेश ढकाल, स्याङ्जा सहयोग समाज युएई आबुधावी क्षेत्रका अध्यक्ष सुरज खनाल, शेर्पा किदुग युएईका अध्यक्ष निमा शेर्पा, तामाङ समाज आबुधावीका अध्यक्ष पदम योञ्जन तामाङ, तनहुँ सेवा समाज युएईका प्रतिनिधि भिमनरसिंह बस्नेत लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू रहेका थिए ।
समारोहमा आमन्त्रित कलाकार द भ्वाइसका प्रतियोगी साजन लामाले दमदार प्रस्तुति दिएर कार्यक्रमको छुट्टै माहोल बनाएका थिए । त्यसैगरी नेपाल आइडल सिजन- १,का सेकेण्ड रनरअप प्रताप दासको प्रस्तुतिले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए । लोकदोहोरी गायिका कला लम्साल र मोडल तथा डान्सर वर्षा थिङ तामाङले बेजोड प्रस्तुति राखेकी थिइन् ।
स्थानीय कलाकारहरू हरि मोक्तान, दिव्या सुब्बा, अमृत परियार, अस्मी लामा, रोहित बस्नेत, सोनु पुन, नविन सेञ्चुरी, हरि खड्काथोकी, सुस्मिता गुरुङ, सञ्जिता तामाङ, प्रकाश मण्डल, हेलेन राउत, विवेक रानाभाट, सन्दिप लामा, उर्मिला तामाङ, सबिना मालाकार लगायतले प्रस्तुति राखेका थिए ।
कार्यक्रमका संयोजक हरि मोक्तान र सह-संयोजक भोला श्रेष्ठ रहेका थिए भने सभापति समूहका अध्यक्ष डोलेश्वर जोगिरहेका थिए। दर्शक श्रोताको निकै नै उपस्थितिरहेको कार्यक्रमलाई प्रविन निरौला, आशिष पुरुष र सकिना ग्याबा तामाङले सञ्चालन गरेका थिए।
सम्बन्धित समाचार
साँस्कृतिक कार्यक्रमका लागि कला, वर्षा, प्रताप र साजन युएईमा
मृगौला फेलको उपचारार्थ सांस्कृतिक साँझ हुने