प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम गर्ने नेकपाको निर्णय

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौंडा कायम गर्ने निर्णय लिएको छ । आइतवार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय लिएको हो ।

बैठकको निर्णय अनुसार नाम र राजधानी कायम गर्न मातहतको कमिटीलाई निर्देशन दिएको छ । निर्देशनको जानकारी प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलकहाँ पनि पुगेको छ । ‘नेकपाले गरेको निर्णयबारे हामीकहाँ जानकारी आइसकेको छ’, मुख्यमन्त्रीका एक सहयोगीले भने, ‘नाम बागमती र स्थायी राजधानी हेटौंडालाई नै कायम गर्नू भन्ने निर्देशन प्राप्त भएको छ । अब प्रदेशसभाको दुईतिहाइले यसमा निर्णय लिनेछ ।’

प्रदेश ३ को राजधानीलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । मुख्यमन्त्री डोरमणि पौडेल राजधानी हेटौंडामै राख्ने अडानमा रहँदै आएको छ भने नामबारे पनि विभिन्न विवाद सिर्जना कायमै छन् ।

प्रदेश ३ को राजधानी सुरुमा भक्तपुर हुनुपर्ने माग भएको थियो । हेटौंडा अपायक हुने भन्दै त्यसपछि काभ्रेको बनेपा-धुलिखेलको लागि पनि लविङ भएको थियो । नुवाकोटले समेत राजधानी दाबी गर्दै आएको छ ।

सिन्धुपाल्चको, नुवाकोट र काभ्रेसहितका जिल्लाले हेटौंडा अपायक हुने भन्दै विरोधमा भैरहेकै अवस्थाम नेकपाले भने अस्थायी राजधानी रहेकै हेटौंडामै राजधानी कायम गर्ने र नाम बागमती कायम गर्न निर्णय सहित निर्देशन पनि दिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया