नुवाकोट साहित्य प्रतिष्ठानको छैटौं अधिवेशन सम्पन्न

नुवाकोट

नुवाकोट साहित्य प्रतिष्ठान नेपालको छैटौं अधिवेशन शनिबार साँझ बट्टार नुवाकोटमा सम्पन्न भएको छ ।

अधिवेशनले अध्यक्षमा रामकृष्ण गजुरेल, उपाध्यक्षमा विष्णुप्रसाद सापकोटा, सचिवमा मुकुन्दराज अर्याल, कोषाध्यक्षमा जानुका दहाल, सह सचिवमा प्रमिला परीलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा भगवती लामा, भगवती खनाल, रामप्रसाद चालिसे, राजकुमार अचार्य, महेस लामिछाने चयन भएको छ ।
अधिवेशनले प्रवक्तामा करण तामाङ घलानलाई सर्वसम्मत चयन गरेको छ भने सल्लाहकारमा श्रीराम श्रेष्ठ र संरक्षकमा पुष्कर लोहनीलाई चयन गरेको छ ।

नेपाली भाषा साहित्यलाई युवामाझ संप्रेषण गर्ने उद्देश्यले वि.सं २०६४ सालमा यस प्रतिष्ठानको स्थापना गरिएको थियोे ।

तपाईको प्रतिक्रिया