तामाङ समाज जापान,नागोयाले सोनाम ल्होछार मनाउदै

एलिसा रसाइली
एलिसा रसाइली संवाददाता
7 Shares
नागोया

नेपाल तामाङ समाज जापान, नागोयाले आउदै गरेको सोनाम ल्होछारको अवसरमा ‘२८५६ औँ जिवा’ ल्हो विशेष बृहत ल्होछार साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यहि आउदो जनवरी १९ तारिखका दिन नागोयाको नागोया कोकुसाई सेन्टर स्थित हलमा हुन लागेको उक्त बृहत ल्होछार साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरु चर्चित गायक छबि लामा ,संगीतकार जनक थोकर र गायक टोप्से वाईबा लगायत कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने छ । साथमा सपाना तामाङ,कविता लामा ,अनिता लामा र विजय तामाङको नुत्य प्रस्तुति पनि रहनेछ ।

साथै यो बर्षको ल्होछार बिगतका बर्षहरुमा भन्दा विशेष, पृथक र भब्य बनाउन लागेको बताउछन् ,समाजका अध्यक्ष सञ्जय तामाङ्(मेन्दोला) ।

समाजले ल्होछारकै अवसर पारेर तामाङ जातिहरुको राष्ट्रिय भेष -भुषा र गर -गहनालाई सम्बर्दन गर्ने मुख्य उदेश्यको साथ तामाङ मौलिक भेषभुषा महिला ,पुरुष फोटो प्रतियोगिता २०२० को पनि आयोजना गरेको बताए । र नेपालको विभिन्न ठाउँहरुबाट जापानमा आई जापानी भाषा एन -1 लेवलको परीक्षा उतिर्णहरुलाई बिशेष सम्मान गर्ने कार्यक्रम पनि रहेको अध्यक्ष तामाङले जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका