राष्ट्रपतिद्वारा हुलाक टिकटमा टाँचा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीस भूगर्भ्विद् टोनी हेगनको स्मरणमा प्रकाशन गरिएको हुलाक टिकटमा टाँचा लगाएकी छिन् । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय र टोनी हेगन फाउण्डेशनद्वारा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले टाँचा लगाएकी हुन् ।

नेपालको भूगर्भसम्बन्धी खोज तथा अनुसन्धानमा अतुलनीय योगदान पु¥याउने अन्तरराष्ट्रिय व्यक्तित्वको चर्चा गर्दा अग्रपङ्क्तिमा आउने नाम हो टोनी हेगन । सन् १९१७ अगस्ट १७ मा स्वीट्जरल्याण्डको लुसर्नमा जन्मिएका हेगनले इञ्जिनीयरिङ तथा जियोलोजीमा स्वीस फेडेरल इन्स्टिच्युटबाट डिप्लोमा लिएको थियो भने ज्युरिच जियोलोजिकल इन्स्टिच्युटमा अनुसन्धान सहायकको रुपमा जिम्मेवारी सम्हाल्हेको थियो ।

हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवाली र व्यवस्थापन कार्यालयका अध्यक्ष शङ्कर श्रेष्ठले टोनी हेगनले नेपालको भूगर्भसम्बन्धी खोज तथा अनुसन्धानको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे ।

सन् १९५० मा प्रथमपटक स्वीस सहायता कार्यक्रमको सिलसिलामा नेपाल आएका टोनी हेगन काठमाडाँै बाहिर खोज तथा अनुसन्धान गर्न अनुमति पाउने सम्भवतः पहिलो विदेशी नागरिक हुन् । सन् १९५९ मा युएनअन्तर्गत सर्भे विभाग तथा सन् १९६१ मा इन्टरनेशनल रेडक्रसको चिफ डेलिगेटको जिम्मेवारी पनि पूरा गरेका हेगन जीवनका पछिल्ला दशकमा पनि युएनका विभिन्न कार्यक्रममा सक्रिय हुन ।

नेपालको कुनाकाप्चा गर्दै करिब १४ हजार किमीभन्दा धेरै यात्रा गरेको हेगनले नेपालको यात्राअन्तर्गत उल्लेख्य अध्ययन तथा अनुसन्धान गरिएको थियो ।

तपाईको प्रतिक्रिया