रौतहटको दुई वटा नगरपालिकाको तेश्रो नगर सभा एकै साथ सम्पन्न भएको छ ।
असार मसान्तभित्र सम्पन्न हुनुपर्ने नगर सभा आठ महिना ढिलो गरी सम्पन्न भएको हो । जिल्लाको फतुवा विजयपुर र बौधीमाई नगरपालिकाको तेश्रो नगर परिषद शुक्रबार सम्पन्न भएका हुन् । नगरपालिकाकै प्राङ्गणमा एक कार्यक्रम गरी दुवै नगरपालिकाले नगरसभा सम्पन्न गरेको छ ।
कार्यक्रममा फतुवा विजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल प्रसाद यादवले चालु आर्थिक वर्ष २०७६÷७७ को लागि अनुमानित ५० करोड ४१ लाख ७० हजार तीन सय २३ रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो ।
संघीय र प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, राजश्व बाँडफाँड, सर्शत अनुदान, विशेष अनुदान, समपूरक अनुदान गरी ५० करोडभन्दा बढी बजेट नगरको समग्र विकासका लागि प्रस्तुत गरिएको नगर प्रमुख यादवले बताए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1