ब्रह्मायणीलाई न्यानो कपडा प्रदान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
नुवाकोट

नुवाकोटस्थित ककनी गाउँपालिका- ७ चतुरालेको ब्रह्मायणीआधारभूत विद्यालयका छात्राछात्रलाई जाडोको न्यानो कपडा वितरण गरेको छ ।

सोमबार रिवाज फाउण्डेसनले १ सय १० विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेसनकी अध्यक्ष दुर्गा विसुरालले यो सामाजिक संस्थाले विदेशी दाताहरुको सहयोगमा संचालन नभएको बताउदै फजुल खर्चलाई बचाई सहयोग गरेको बताइन् ।

न्यानो कपडा वितरणका लागि विद्यालयका प्रधानाध्यापक, राप्रपा(संयुक्त)का प्रवक्ता जनकराज पाठकले सहजीकरण गरेका थिए ।

विद्यालयको तर्फबाट उनीहरुलाई धन्यवाद दिएका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका