नगरपालिकाले सत्यश्वरलाई अत्याधुनिक प्रविधि प्रदान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
निजगढ

निजगढ नगरपालिकाले तेक्वान्दो खेलको बिकासका निम्ति अत्याधुनिक प्रविधिहरु वितरण गरेको छ ।

मंगलबार निजगढ नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बिशकशेन ढकालले वडा नम्बर ७ मा रहेको सत्यश्वर तेक्वान्दो डोजोलाई प्रोटेक्टर स्कोरीङ सिस्टम सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत ढकालले डोजाङ प्रमुख समेत रहनुभएका अन्तराष्ट्रिय निर्णायक जितसिङ लामा र राष्ट्रिय प्रशिक्षक हेमलाल श्रेष्ठलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । तेक्वान्दो प्रतियोगितामा डिजीटलाईज स्कोरीङ प्रणालीको उपयोगकोलागी प्रयोग गरिने बिभिन्न अत्याधुनिक सामाग्रीहरु नगरपालिकाले उपलब्ध गराएको सत्यश्वर तेक्वान्दो डोजाङ प्रमुख तथा अन्तराष्ट्रिय निर्णायक जितसिङ लामाले बताए । नगरपालिकाले डिजीटलाईज स्कोरीङकोलागि प्रयोग गरिने जोयस्टिक ३ थान, ल्यापटप १ थान र कनेक्टर राउटर १ थान प्रदान गरेको लामाले बताए ।

यो प्रणाली मोफसलमै पहिलो र एकमात्रै रहेको वहाले जानकारी दिए । यस प्रविधिको प्रयोग मार्फत निर्णायककहरूले प्रदान गर्ने स्कोरीङ प्रणालीलाई डिजीटलाईज बनाउने राष्ट्रिय प्रशिक्षक हेमलाल श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया