प्रहरीको गोली लागि सर्लाहीमा एक जनाको मृत्यु

सर्लाही

प्रहरीले गोली चलाउँदा सर्लाहीमा एक जनाको मृत्युभएको छ । राजमार्गमा प्रदर्शन गरिरहेको प्रदर्शनकारी माथि गोली चलाउँदा वर्ष २७ का केवल महतोको मृत्यु भएको हो ।

ईश्वरपुर नगरपालिकामा शनिबार एक बालकको मृत्यु भएको विषयलाई लिएर राजमार्गमा स्थानीयबासीले प्रदर्शन गरेका थिए ।

खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय वासिन्दाले बालकको शवसहित राजमार्गमा प्रदर्शन गरेका थिए । राजमार्गको अवरोध खुलाउने क्रममा प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएको सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले बताएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका