आह्वानद्धारा आयोजित आदिवासी समुदायमा महिलाका हैसियत र चुनौती विषयक बहस भएका थिए । सोही कार्यक्रममा कुमारी लामाले भाषाविद अमृत योञ्जन तामाङसँग गरेका बहस ।
खस–आर्यहरूले पनि आफुहरू आदिवासी दावी गरिरहेको अहिलेको अवस्थामा विज्ञको हिसाबले तपाईको विचारमा ’आदिवासी को हो ?’ आदिवासी महिला र खस–आर्य महिलामा के कस्ता फरक देख्नु हुन्छ ?
नेपालको सन्दर्भमा ’आदिवासी’ र ’जनजाति’ शब्द संगसंगै आउने गर्छ । राज्यको ऐन पनि यस्तै छ– आदिवासी रजनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ । आदिवासी र जनजाति शब्दले केही फरक अर्थ बोक्छ तर छुट्याउन सजिलो छैन । यी शब्दले उनीहरूको अवस्था बोध गराउँछ । आफ्नो पुर्ख्यौली भूमिमा पुस्तौंपुस्तादेखि बसोबास गरिरहेका मानव समुदाय जो राज्यसंग सधैं द्वन्द्वरत् वा सङ्घर्षरत् रहन्छन् त्यो आदिवासी हो । उनीहरूको आफ्नै भूमि हुनुका साथै फरक भाषा, संस्कृति, विश्वास पद्धति, प्रथाजनित कानुन, संस्था र प्रचलन, समानतामा आधारित सामाजिक संरचना र इतिहास हुन्छ । ’जनजाति पनि आदिवासी नै हो तर उसले आफ्नो पुर्ख्यौली भूमि गुमाइसकेको हुन्छ ।“ उनीहरू आफ्ना पुर्ख्यौली भूमिबाट विस्थापित भएका, टाडिएका वा माइग्रेटेड भएका हुन्छन् ।“ सामी महिला डा. मेरे केपाले भनेका छन्, “आदिवासीको लागि भाषा, संस्कृति र भूमि सँगसँगै आउँछ । भूमि गुम्यो भने सबै थोक गुम्छ ।“ जनजातिहरू यस अवस्थातिर उन्मूख हुन्छन् । भारतमा आदिवासीलाई पनि जनजाति (uses as ‘Tribal’ not a ‘Indigenous’) भन्दछन् र नेपालका पनि राष्ट्रिय समुदायकाहरू ’आदिवासी’ शव्द प्रयोग गर्न रूचाउँदैनन् ।
अब रह्यो खस–आर्यहरू आदिवासी हुन् वा होइनन् भन्ने प्रश्न । आदिवासीहरूमा सत्ता हुँदैन र उनीहरू सत्ता कब्जा गर्दैनन् पनि । यसकारण उनीहरू शासक हुँदैनन् । नेपालका खस समुदायले नेपाली राज्यसँग संघर्ष गरेको इतिहास छैन । उनीहरू सधै नेपालका राजतन्त्रको पक्षमा रहेका छन् अनि धर्मनिरपेक्षता, सङ्घीयता र स्वशासनको विपक्षमा वकालत गरेका हुन्छन् । आर्यहरू त सत्ताका भोगी हुन्छन् । मणीधारी सर्प जस्तै गरी उनीहरू सत्ताको वरिपरि कुण्डली लगाइरहन्छन् । सत्ता भनेको शक्ति हो, अथरिटी हो । उनीहरूले सत्तामै रहेर संविधानमा समेत आफ्नो समुदाय (खस(आर्य)को परिभाषा लेखे । आफ्नै नश्लका दलित तथा मधेशी समुदायलाई समेत गैर–आर्य साबित गरे । स्रोतसाधान कब्जा गर्ने नियतले आदिवासी बन्न चाहेका हुन सक्छन् ।
नेपालका आदिवासी महिला र खस–आर्य महिलामा एक दर्जन जति फरक आधारहरू छन् । यी सबैलाई तिन श्रेणीमा राखेर हेर्न सकिन्छ ?
(१) सामाजिक(सांस्कृतिक अधिकार (पुर्ख्यौली भाषामा लैङ्गिकताविहिन संरचना हुनु, महिलामा जीवनभर जन्मको थर कामय हुनु, आमाको थर (वंश)ले निरन्तरता पाउनु, आमाको कुलदेवताको संवाहक हुनु, छाउ नबार्ने संस्कार हुनु ।
(२) आर्थिक स्रोतसाधनमा अधिकार पेवा बनाउनु, आफ्नो पेवामा स्वामित्व कायम राख्नु र आमाको पेवा अंशियारी हुनु, परम्परागत मौलिक ज्ञानसीप हुनु ।
(३) राजनीतिक अधिकार घरमूलीको भूमिका निर्वाह गरिनु, सामाजिक(सांस्कृतिक प्रतिष्ठानहरूमा प्रतिनिधित्व गरिनु र सामाजिक नायक (ताम्वा, बोन्बो, लामा आदि) बन्ने हक हुनु आदि ।
यी दुइ समुदायका महिला विचमा मूख्य फरकपना भनेको विवाह पद्धति हो । तामाङ समुदायमा छोरीले आफुले रोजेको केटासँग विवाह गर्न सक्छन् वा छोरीको सहमतिमा मात्र कुरोको टुङ्गो लाग्छ । तामाङ विवाहमा कन्यादान हुँदैन । यसैले विवाहपछि पनि जन्मको थर कायम रहन्छ, आफ्नो नाउँमा लोग्नेको थर झुण्डाउनु पर्दैन अर्थात् थर परिवर्तन हुँदैन । तर खस–आर्य समुदायमा ’कन्या दान’ दिने परम्परा हुनाले महिलालाई गाईवस्तुको रूपमा हेरिएको हुन्छ । दान दिइसकेको हुनाले ’पाण्डे’की छोरी ’भण्डारी’ हुनुपर्छ ।
अर्को, तामाङ महिलामा पेवा बनाउने र पेवा राख्ने अधिकार हुन्छ । आमाको पेवा (अंश) छोरीमा हस्तान्तरण हुन्छ । चेपाङ महिलाहरूमा चिउरीको वोट जस्ता अचल सम्पत्ति पनि हस्तान्तरण हुन्छ । विवाहको अवसरमा लिम्बु समुदायमा आमाले छोरीलाई आफ्नो कुलदेवता (वंश) हस्तान्तरण गरिदिन्छन् । उनीहरू श्रीमानको कुलदेवता पूज्दैनन् । माझी समुदायको कुलपितृ महिला हुन्छन् । थामी समुदायमा “बाबुको थर छोरामा र आमाको थर छोरीमा सर्छ ।” थामी महिलामा आमाको थर नै छोरीको थर (वंश) हुन्छ । यसरी आदिवासी समुदायमा छोरीचेलीले आमाको अंश र वंशमा नैसर्गिक अधिकार राख्दछ । यी यस्ता सामाजिक–सांस्कृतिक अधिकारहरू खस–आर्य महिलामा हुँदैनन् ।
आजका खस–आर्य महिलाहरू ’छाउ’बाट मुक्त हुन चाहन्छन् । आदिवासी महिलाहरूलाई ’नछुने’ शब्दको कुनै अर्थ लाग्दैन । ’स्यामा न्होङबा’ (गुन्यु बिग्रिनु) भन्छन् । बस । यसै गरी उनीहरू घरमूली हुन्छन् र सामाजिक नायक (ताम्बा, लामा, बोन्बो, लाबोन आदि) बन्न पनि उनीहरूलाई कुनै छेकवार हुँदैन ।
यसरी हेर्दा नेपालका आदिवासीहरू ’सत्ताशुन्य’ समुदाय हो । न पितृसत्ता हुन्छ न त मातृसत्ता नै । उनीहरूमा कुनै पनि प्रकारको सत्ता हुँदैन । महिला र पुरुषको हकअधिकार समान स्तर (इक्वाल फुटिङ)मा रहेको हुन्छ । छोराले पितृवंश र छोरीले मातृवंशको समानान्तर अभ्यास गरिरहेका हुन्छन् । बुबाको सम्पत्ति छोरामा र आमाको सम्पत्ति छोरीमा हस्तान्तरण हुन्छ । पारिवारिक निरन्तरता समानता र समतामा आधारित हुन्छ । खस(आर्य समुदायमा जस्तो ’पितृसत्ता’ र भारतको खासी जातिमा जस्तो ’मातृसत्ता’ हुँदैन ।
भाषा संस्कृतिको दर्पण हो । समानताको संरचना तामाङ भाषामा प्रष्टै देखिन्छ–“निमाला जा पाराङ खाजि । निमाला जामे पाराङ खाजि ।” (निमाको माइलो छोरो आयो र निमाको माइलो छोरी आयो ।) तामाङ भाषामा जैविक (प्राकृतिक) लिङ्ग मात्र भेटिन्छ (छोरो र छोरी, आमा बुबा आदि । यस भाषामा समाज निर्मित लैङ्गिकता (जेन्डर) पाइँदैन । नेपाली भाषाले त जेन्डरलाई पनि लिङ्ग नै भनेर पुरुष सत्ता कायम गरेको छ । ध्यानले हेरेमा नेपाली भाषामा ’स्त्रीलिङ्ग’ र ’गैर(स्त्रीलिङ्ग’ मात्र छ ’पुलिङ्ग’ नै छैन तर रटाइन्छ, जस्तैः “रामले खायो“ र “कुकुरले खायो“ “बाख्राले खायो“ आदि ।
आदिवासी महिलाहरूमा सांस्कृतिक, आर्थिक तथा राजनीतिक अधिकार सबल हुँदा हुँदै पनि उनीहरू किन पछाडि परे ? यसका कारणहरू के होलान् ?
हो, आदिवासी महिलाहरू सामाजिक सांस्कृतिक अधिकारले युक्त हुन्छन् । यी उनीहरूका जन्मसिद्ध नैसैर्गिक अधिकार हुन् । समाज–प्रदत्त अधिकार हुन् । हाल यी हक अधिकारहरू उनीहरूले दिनप्रतिदिन गुमाइरहेका छन् । उनीहरू दिनप्रतिदिन जनजाति र गैर–आदिवासी तिर हुत्तिदै छन् र जीवन दिनप्रतिदिन वदत्तर बन्दैछ । छोरा र छोरीमा निहित समानताको हक खुम्चिदै छ । नीजि सम्पत्तिमा हैकम राख्ने र सत्तामा गुडल्की रहने तथाकथित मूलधारेहरूको हस्तक्षेप र प्रभाव विगत २५० वर्षदेखि निरन्तर हावी भइरहेका छन् ।
पछाडि पर्नुका मूलतः दुइ पक्ष छन्, वाह्य र आन्तरिक । वाह्य उनीहरूले आफ्नो सामाजिक(सांस्कृतिक अधिकारलाई कायम राख्न सकेका छैनन् । उदा० नागरिकता बनाउँदा राज्यसत्ताका नाइके( सिडिओले उनीहरूको थर श्रीमानसंग जोडिदिन्छन् । आदिवासी पुरुषलाई ’पातकी’ बनाइरहेका छन् र महिलाहरूलाई ’वेस्या’ । हिन्दू मूल्य मान्यता केन्द्रित कानुनले गर्दा आमाको पेवामा पनि अधिकार कायम राख्न सकेका छैनन् । मोक्तान केटोसँग विहे गरेकी गोले केटी नागरिकता बनाउँदा सिडिओले मोक्तान नै लेख्नु पर्छ भनेर लेखे पछि केटीको सांस्कृतिक अधिकार मात्र लुटेन, तामाङ समाजको आँखामा मोक्तान केटो पनि आफ्नै थरसँग विवाह गर्ने पातकी भएन त ! अनि केटी पनि वेस्या भइन । यसरी आदिवासी समुदायको मूल्यमान्यतालाई राज्यले नाङ्गे झार बनाइरहेका छन् ।
आन्तरिक–राज्य नियन्त्रित शिक्षा आर्जन गर्नाले आदिवासी महिलाले पेवा र परम्परागत सीपलाई निरन्तरता दिन सकेका छैनन्, बचेखुचेका पेवा पनि गुमाइ रहेका छन् । सत्तालिप्सा शासक भएको राज्यमा पढेलेखेकाहरूले रोजगारी पाउने सम्भावना पनि झिनो हुन्छ । बरू राज्यको शिक्षादिक्षाबाट विमुख महिलाहरू नै निकै खुसी देखिन्छन् । मूलधारे महिलाहरूको संगत गर्दा उनीहरू ’छाउ’मा पनि वस्नु परेको छ । भजनकिर्तनले हिन्दुकरणको जालोमा जेलिएका पनि धेरै देखिन्छन् । आदिवासी महिलाहरूले आफ्नो समुदायको नैसर्गिक अधिकारहरू निरन्तर गुम्स्याइ रहेका छन् । मूलधारका देखासेखीले गर्दा तिजमा नाचेर बचेखुचेका अधिकार पनि गुमाइरहेका छन् । वाह्य प्रभाव निरन्तर वढदोक्रममा छ । मुलधारे महिलाहरूको नियतितिर आदिबासी महिलाहरू उन्मुख भइरहेको देखिदै छ ।
शिक्षा आर्जनको सम्बन्धमा मेरे केपाको भनाईलाई मनन गर्न सकिन्छ । उनले कुराकानीको क्रममा पाल्पाको मगर समुदायलाई भनेकी थिइन्( “तपाईंहरूले शिक्षालाई निकै महत्व दिनुभयो । शिक्षा निकै गाह्रो काम हो । यसले संसारलाई निकै राम्रो बनाउँछ, त्यो ठीक हो । तर यसले गर्दा मेरो विचारमा मगर जातिले आफ्नो जातीय ज्ञान गुमाउँन सक्दछ । त्यसो भयो भने ठूलो क्षति हुनेछ । पहिचान गुम्ने छ ।“ मूलधारे शिक्षाबारे आदिवासी समुदायले सोच्न आवश्यक छ ।
सारांशमा भन्नु पर्दा आदिवासी महिला पछाडि पर्नुको मूल कारण राज्यद्वारा नश्लीय नीति लादनु नै हो । नेपालको राज्य नीति हिन्दू मूल्यमान्यतामा आधारित छ । यसले मूलधारेलाई मात्र पृष्ठपोषण गर्छ । ब्रिटिस भारतमा मेकालेको शिक्षा नीति लादे जस्तै ।
तपाईं भाषाविज्ञको पनि भएको हैसियतले आदिवासी महिलाहरू पछि पर्नुमा भाषाको खेल कस्तो देख्नु हुन्छ ?
नेपाली भाषा र तामाङ भाषाको वंश नै फरक छ । नेपाली भाषा भारोपेली परिवारको हो भने तामाङ लगायतका आदिवासी भाषाहरू चिनी–तिब्बती परिवारका हुन् । उच्चारणको तहमा, शब्दको तहमा, वाक्य गठन र अनुच्छेदको तहमा यी दुइ भाषा बीच फरक हुनु स्वाभाविकै हुन्छ ।
आफु अनुकुलको उच्चारण नहुँदा खिज्याइने प्रचलन नेपाली समाजमा छ । नेपाली भाषीले ’क्लास( किलास’, ’ग्लास( गिलास’, ’ब्लाउज( बुलुज’, ’ग्राउन्ड( गिरन्ड’, ’प्लुरल( पिउरल’ भने जस्तै तामाङ भाषामा र घ झ ढ ध भ र वर्णहरूको उच्चारण र ग ज ड द ब र हुन्छ । ’अ’ नभएकोले यसको उच्चारण ’आ’ हुन्छ । यसैले ’र्मयो( र्मायो’ हुन्छ । ’चक( चाक’ हुने नै भयो । ’गाइ मार्यो’ ’चाक सेतो हुन्छ’ सामान्य वाक्य हो ।
भाषा शक्ति हो । शक्तिको स्रोत पनि हो । भाषा राजनीति पनि हो । नेपाली भाषाले हैकम चलाइरहेको छ । मातृभाषामा बोल्दा ’मान्छे खाने कुरा नगर’ वा ’गाइ खाने कुरा नबोल’ भनेको म आफैले भोगेको हो । आदिवासीले हालसम्म न आफ्नो भाषामा शिक्षा पाइरहेका छन्, न मातृभाषामा सूचनाको हक नै प्राप्त छ । शिक्षामा भाषिक जेनोसाइड भइरहेको छ । नेपाली भाषालाई हलाल भाषाको रूपका विकास गरिदै छ ।
आदिवासीहरूले शासकीय भाषा बोल्नु र पढनु परेको छ, आफ्नो मातृभाषा छोडनु परेको छ, आफ्नो मातृभाषा बिर्सेकोले मातृभाषामा रहेको ज्ञानबाट बञ्चित हुनु परेको छ । जेनतेन सिकेको नेपाली भाषाले पनि यथास्थानमा काम गर्दैन । नेपाली बोलीचीमा फरक सामाजिक भेद बोल्नु परेको छ । ’(स्योस’ जोडेर । मानौं, तामाङ महिलाले ’भनिस्योसभन्दा कस्तो ’सुनिसिन्छ’ होला ।’ उच्चारणत ’बानिस्योस्’ हुन्छ र यसो भने पछि बाँधी हाल्छ नि( के चाहियो कानो आँखो भने जस्तै । ’(स्योस्’ नबोल्ने हो भने उसको सामाजिक हैसियत माथि उठेको कसरी मान्ने ? विचित्रको स्थिति ! यो स्थिति विशेष गरी उच्च तहका सरकारी कर्मचारी र माननीय मन्त्री भएका तामाङहरूको परिवारमा चियाए हुन्छ । कल्पना गर्नोस्( आफ्नो श्रीमान् मन्त्री भएपछि गाउँबाट सहर आएकी महिलाले सरकारी भोजमा आफ्ना समकक्षीहरूले ’हजुरको आमा बुबा होइसिन्छ ?’ भन्दा कसरी जोवाफ दिदा हुन् ? यस्ता थुप्रै रमाइलो प्रसंग सुनिन्छ ।
वास्तवमा नेपाली भाषाले आदिवासी महिलालाई साह्रै गलाएको हुन्छ र छ । शुद्ध बोल्ने आँटै हुँदैन । बोल्यो कि पोल्योको स्थितिमा पुग्छ । शुद्ध बोल्न सिक्यो त जनजातिमा परिणत हुन्छ । ’हाय राम मै क्या करुँ’ को अवस्था हो यो ।
आदिवासी महिलाप्रति राज्यको दृष्टिकोण कस्तो रह्यो र छ ?
हिन्दू मूल्य(मान्यतामा केन्द्रित राज्य सत्ता र शक्तिले महिला वर्गलाई जसरी हेरिरहेको छ त्यसरी नै आदिवासी महिलालाई पनि हेरिरहेको हुन्छ । आदिवासी महिलालाई त अझ बदर्त ढंगले हेर्ने गर्दछन्, सेक्स ट्वाय्जको रूपमा । ऐतिहासिक कालखण्डमा राज्यले तामाङ लगायतका केही आदिवासीहरूलाई मासिने मतवालीको समुहमा राख्यो । तामाङ पुरुषहरूलाई द्वारे, ढोके, छाते, हुक्के, कोदे, भरिया र पिपा बनाए । तामाङ महिलाहरूले उनीहरूको हवेलीमा सोकेसको जीवन बाँचे । उपभोग गरे । उनीहरूलाई आफ्नो बच्चाको लागि दुधको स्रोतको रूपमा पनि तयार गरे । दुधवाली धाइ आमा बनाए । रानी बनाइएका २र३ जना तामाङ महिलाको चित्र मैले मेरो पुस्तक “उज्यालो यात्रामा तामाङ महिला“मा प्रस्तुत गरेको पनि छु । तामाङनीलाई रानी बनाइदा माइति खलकलाई पाण्डेको दर्जामा राखेर जातिच्युत गरेको इतिहास पनि साक्षी छ । हाल पनि स्थिति सुध्रिसकेको छैन ।
आदिवासी महिलाहरूका लागि चुनौती के देख्नु हुन्छ र यसको निकासको बाटो के हुन सक्छन् ?
(क) चुनौती–
(१) विरासतबाट प्राप्त उल्लेखित समानताको अधिकारलाई कसरी बचाइ राख्ने ? यो नै आदिवासी महिलाहरूको मूख्य चुनौती हो ।
(२) तथाकथित मूलधारे मूल्यमान्यता र अन्य वाह्य प्रवाहबाट कसरी बच्ने ? यो अर्को चुनौती हो ।
(ख) अबको बाटो–
(१) आदिवासी समुदायमा बिरासतको रूपमा रहेको ’सत्ताशुन्य’ स्थिति र सामाजिक(सांस्कृतिक समानताको हक कायम राख्ने उपायहरूको पहिचान गरिनु पर्छ र व्यवहारमा अपनाउनु पर्छ ।
(२) खस(आर्य महिला र पश्चिमी महिला आन्दोलनको अन्ध अनुकरण गर्दा आफ्नो समाजको सामाजिक(सांस्कृति सहमति गुमाउन सक्ने खतराबाट पनि आदिवासी महिलाहरू जोगिनु पर्छ । ’यालाइ प्लुत ग्यालाइ प्लुत’ अर्थात् हातमा रहेको पनि उम्किने खतराको स्थितिबाट बच्नु पर्छ ।
(३) आदिवासी महिलाले खस(आर्य महिलासँग आफ्नो आदिवासी ज्ञान अनि समानता र समतामा आधारित हकअधिकारको कुरा आदनप्रदान गर्नुपर्छ र ’छाउ’ मुक्त र ’पेवा’ युक्त गराउन पहल गरिदिनु पर्छ । अहिलेको जागरण आन्दोलनहरू समानताको लागि हो, विशेष गरी समताको लागि हो, समान हक अधिकारको लागि हो, कसैलाई थोपर्नका लागि होइन भनेर बुझ्न बुझाउन आवश्यक छ ।