रौतहटमा घेदुङ गठन

रौतहट

रौतहटमा नेपाल तामाङ घेदुङले गाउँ इकाई कमिटी गठन गरेको छ । चन्द्रपुर नगरपालिकाको उत्तरी भेगको भोलुम्टार, इपिल बस्ती, अरुणबस्थिका रहेका तामाङ भेलाले ११ सदस्यीय कमिटि असार १४ गते गठन गरेको हो ।

कमिटिको अध्यक्षमा लाली माया थोकर, उपाध्यक्ष भक्त बहादुर गोले, सचिव विष्णु स्याङ्तान, सहसचिव संग्राम सिंह गोले, कोषाध्यक्ष बिमला स्याङ्तानलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरू क्रमशः जेके भोलन, सञ्चमान मोक्तान, मान सिंह तामाङ, पूर्ण बहादुर वाइबा, पूर्ण बहादुर गोले र अनिशा योञ्जन रहेका छन् । कमिटीलाई सक्रिय रुपमा अगाडि बढाउन शंकरमान घिसिङको संयोजकमा ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

कार्यक्रमका अतिथि नेपाल तामाङ घेदुङ संघीय सदस्य खड्ग बहादुर तामाङले नवनिर्वाचित टोलीलाई धन्यवाद दिए । उनले थपे- समुदायको भाषा संस्कृति, भेषभुषा, रहनसहनको संरक्षण्मा गर्नुपर्ने छ ।

समारोहमा नेपाल तामाङ घेदुङ प्रदेश २का उपाध्यक्ष यमलाल गोले, घेदुङ भाषा लिपि साहित्य तथा प्रशिक्षण विभागीय सदस्य उपेन्द्र गोले, रौतहट जिल्ला सचिव बाल कुमार लामा, सदस्य सन्त बहादुर वाइबा लगायत तामाङ अगुवा र स्थानीयको बाक्लो उपस्थित रहेका थिए ।

कार्यक्रम चन्द्रपुर-३, घेदुङका अध्यक्ष ज्ञानमान वाइबाको सभापतिमा भएका थिए ।

तपाईको प्रतिक्रिया

Ads by google

पत्रपत्रिका