काभ्रे युवा घेदुङको नयाँ कार्यसमिति चयन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
बनेपा, काभ्रे

नेपाल तामाङ युवा घेदुङ, काभ्रेको तेस्रो जिल्ला अधिवेशन सम्पन्न् भएको छ । विहिबार बनेपामा भएको अधिवेशनले हजारसिंह तामाङको अध्यक्षतामा २१ सदस्यी जिल्ला समिति निर्वाचित गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा पेम्साङ बल, छोइमान तामाङ, सचिवमा सुदिन तामाङ, सह–सचिवमा कुशाल थिङ रहेका छन् ।
सदस्यहरुमा तेज घिसिङ, पदम थिङ, बिकास थिङ, अजय बोम्जन, जीवन वाइबा, रोशन बोम्जन, जगत मोक्तान, चन्द्र वाइबा, अजय थिङ, निरेश लामा तामाङ रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामाले तामाङ समुदाय पछाडि पर्नुमा राज्यसत्ताको विभेद रहेको बताए । उनले भने, ‘राज्यले एउटै मात्र भाषा, संस्कृति, धर्मको संरक्षण गरेको छ ।’ उनले तामाङहरु जाँड रक्सिले नभई राज्यको उत्पीडनको सिकार परेको उल्लेख गरे । ‘तामाङ जातिको भाषा, संस्कृति राज्यले संरक्षण दिनुपर्छ । यसको निम्ति हाम्रो लडाइ हो,’ बरिष्ठ उपाध्यक्ष लामाले भने ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय कार्य समितिका सदस्य डिलबहादुर थोकर (ग्याम्जो), नेपाल तामाङ तामाङ युवा घेदुङ केन्द्रीय वरिष्ठ उपाध्यक्ष विलम मोक्तान, अतिथिहरुमा आदिवासी जनजाति महासंघका जिल्ला वरिष्ठ उपाध्यक्ष विकास तामाङ, नेपाल तामाङ घेदुङ, काभ्रेका कोषाध्यक्ष निमा डोल्मो लामा, आदिवासी जनजाति महासंघ, काभ्रेका सदस्य क्षेत्र लामा लगायतका थिए ।

तपाईको प्रतिक्रिया