नाचघरमा गुञ्जिए शर्माका कविता

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

‘स्रष्टा र सिर्जना’ अन्तर्गत विहीबार कवि शान्ति शर्माको एकल कविता वाचन सम्पन्न भएको छ । राष्ट्रिय नाचघरद्वारा आयोजित एकल कविता वाचनमा कवि शर्माका १२ वटा कविता प्रस्तुत भएका थिए ।

जसमा कवि स्वयंले सातवटा र लक्ष्मी रुम्बा, टिएन भट्ट, प्रकाश बस्नेत ‘गफाडी’, शिवराम खड्का र जङ्ग पहाडीले एकएकवटा कविता सुनाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कवि तुलसी दिवसले कवि शान्ति शर्माका कवितामा श्रष्टाको इमान्दारिता देखेको स्पष्ट पारे । उनले भने, ‘सोलुखुम्बेली शर्माको कवितामा उतैको विम्ब, परिवेशलगायतलाई समेटिएको छ ।’

कविहरूले स्वतन्त्र र निर्भिक भएर कविता लेख्नुपर्ने कुरामा जोड दिँदै कवि दिवसले थोरै तर गुणात्मक कविता लेख्न सबैलाई आव्हान गरे ।

कवितामाथि समीक्षात्मक टिप्पणी प्रा.डा. कुमार कोइरालाले गरेका थिए ।

राष्ट्रिय नाचघरले हरेक महिनाको तेस्रो बिहिबार सञ्चालन गर्ने नियमित कार्यक्रमको यो उन्नाइसौँ शृङ्खला हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका