समाजसेवी सञ्जीव मोक्तानको पहलमा सर्लाहीको हरिवन नगरपालिका- ३,का प्राथमिक विद्यालय मोहनपुरका ८० जना छात्रछात्राहरुले न्यानोका लागि ट्रयाकसुट पाएको छ ।
मोक्तानले ‘द वर्गर हाउस एण्ड क्रञ्ची फ्राई चिकेन’का सञ्चालक वसन्त थोकर तामाङसँग पहल गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै वर्गर हाउस सञ्चालक तामाङले चिसोबाट जोगाउन कपडा बितारण गरेको बताए । उनले न्यानो कपडा हस्तान्तरण गर्दै विद्यार्थीलाई पढाइमा आफ्नो ध्यान केन्द्रित गर्न आग्रह गरे ।
समाजसेवी मोक्तानले जाडोमा विद्यार्थीलाई विद्यालय जान कठिनाइ भएकोले न्यानो कपडाको व्यवस्था मिलाइएको बताए । गरीब, बिपन्न विद्यार्थीलाई न्यानो कपडाले ठुलो राहत पुग्ने हुदा सरकारले पनि सहयोग गर्नु पर्नेमा उनले जोड दिए ।
न्यानो कपडाकै कारण अति बिपन्न परिवारका विद्यार्थी विद्यालय जानबाट बञ्चित हुने गरेकोले सरकारी सहयोग आवश्यक रहेको मोक्तानको भनाई थियो । समाजसेवी मोक्तानको अग्रसरतामा द वर्गर हाउस एण्ड क्रञ्ची फ्राई चिकेनले न्यानो कपडा उपलब्ध गराएको हो ।