ठक्करबाट साइकल यात्रीको मृत्यु

उपेन्द्र गोले संवाददाता
0 Shares
सर्लाही

रौतहटको चन्द्रपुर नगरपालिकामा टिपरको ठक्करले एक साईकल यात्रीको मृत्यु भएको छ ।

नगरपालिका-८,सन्तपुरस्थित सुबलाल बहुमुखी क्याम्पस अगाडि ना ७ ख ४७४३ नम्बरको टिपरले एक साइकल यात्रुलाई बिहीबार ठक्कर दिदा बृन्दावन नगरपालिका-१,बलरीका ३३ वर्षीय राज कुमार पटेलको मृत्यु भएको हो ।

ठक्कर दिएपछि उपचारका लागि चन्द्रपुर अस्पताल लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पटेल विद्युत महसुल तिर्न चन्द्रनिगाहपुर आएका थिए ।

ठक्कर दिने टिपर र चालकलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरिएको छ । मृतक पटेलको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा पठाइएको जनाइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया