सम्धी र उद्योगीलाई सांसद बनाउन खोजेपछि राजपामा विवाद

काठमाडाैं

राजपा नेपाल अध्यक्ष मण्डलले सञ्चालन गर्ने पार्टीको अध्यक्ष मण्डलभित्रै विवाद सुरु भएको छ । राजपा नेपाल अध्यक्ष मण्डलमा ६ जना सदस्य रहेका छन् ।

६ जनामध्ये हाल अध्यक्ष मण्डलको संयोजक रहेका राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव र अलिन झा एकातर्फ छन् भने अर्कोतर्फ महन्थ ठाकुर र महेन्द्रराय यादव उभिएका छन् ।

हाल राजपाको तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका रमेश यादव र वृखेशचन्द्र नेता यादव निकटका भएकाले ठाकुर र यादवले यी दुईलाई नै दोहोर्याउने पक्षमा उभिएका छन् । यो समाचार आजको राजधानी दैनिकबाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका