हिउँमा रमाउँदै पर्यटक (फोटोफिचर)

सन्तोष योन्जन तामाङ
सन्तोष योन्जन तामाङ संवाददाता
काठमाडाैं

दुई दिनदेखिको मौसम अनुकूलका कारण हिमाली क्षेत्रमा हिउँ परेको छ । शुक्रबारदेखि परेको हिमपातले जनजीवन कष्टकर बनेको छ भने पर्यटकलाई खुशी मिलेका छन् । हिमाली जिल्लाका पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटक हिउँ खेल्न पुगेका छन् ।

हिउँमा रमाउनका लागि बुढादेखि बच्चासम्म पुगेका छन् । काठमाडौंको चन्द्रागिरी, ललितपुरको फुल्चोकी डाँडा, दोलखाको कालिञ्चोक, शैलुङ, खरिढुंगा, सिन्धुपाल्चोकको हेलम्बु लगायत देशका विभिन्न भागमा यतिखेर हिउँले सेताम्मे भएका छन् ।

कालिञ्चोक दर्शनका लागि पुगेका अनिष तामाङले भने, ‘हिउँमा चिसो भएपनि खेल्नको मज्जा चाहि आनन्द हुँदोरहेछ ।’ उनले साथीहरुसँग कालिञ्चोक भ्रमणमा आउने बेलामा मौसमले हिउँ खेल्न साइत जुराइदिएको बताए ।

त्यस्तै हिउँदेबालीका लागि भने राम्रो सिँचाई पुगेपछि कृषक खुसी छन् । उच्च भेगमा लगाइएको गहुँ, जौ, केराउ, चना, मुसुरो, आलुलगायतका हिँउदेबालीलाई फाइदा पुगेको छ ।

तस्वीर : रासस, सामाजिक सञ्जाल

तपाईको प्रतिक्रिया