नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ३ को संसदीय दलको बैठकमा धारण राख्नुहुने प्रदेशसभा सदस्यले राजधानीको नाम र स्थानको विषयमा आगामी प्रदेशसभा बैठकले एकमतले पारित गर्ने जानकारी दिएको छ ।
प्रदेशसभाको बैठक यही पुस २१ गते बस्दैछ । नेकपा सचिवालय बैठकले स्थायी राजधानी हेटौँडा र नाम वाग्मती राख्ने निर्णय गरेको थियो ।
प्रदेश नं ३का मुख्यमन्त्री निवासमा आज बसेको दलको बैठकमा राजधानीको नाम र स्थान सहमतिमै टुङ्ग्याउनुपर्ने धारणा आएको प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए । सबैको भावनाको कदर गर्दै प्रकृयाअनुसार नै राजधानी र नाम टुङ्ग्याइने उनले बताए ।
पार्टीले गरेको निर्णय नै अन्तिम निर्णय हुने र सांसदहरुले यसैअनुरुप सहमति जनाउने प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिए ।
प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले हालसम्म आफूहरुलाई पार्टीको सर्कुलर प्राप्त नभएको बताए । प्रदेशसभा सदस्य विनोद खड्काले प्रदेशको नाम वाग्मती र स्थान हेटौँडालाई अनुमोदनका लागि संसदीय दलको बैठक बसेको जानकारी दिँदै आगामी बैठकमा निर्णय पारित हुने जानकारी दिए।
प्रदेशसभा सदस्य दीपक निरौलाले पार्टीको निर्णयानुसार नै राजधानीको नाम र स्थानमा आफूहरू उभिएको धारणा व्यक्त गरे ।
- प्रदेश ३ को नामांकनबारे क-कसले के-के भने ?
- ‘दुई दिनमै प्रदेश नं ३ को नाम र राजधानी टुङ्गो लाग्ने’
- प्रदेश ३ को नाम र राजधानी कायम गर्न नेकपा सांसदहरुलाई ह्वीप जारी गर्दै
- प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम गर्ने नेकपाको निर्णय