क्वीक्स कप सुरु, उद्घाटन खेलमा एम्बिशन एकेडेमी विजयी

दोस्रो खेलमा कालीन्जोर मावि विजयी

सर्लाही, हरिवन

अखिल नेपाल फुटबल संघ सर्लाहीद्वारा आयोजित क्वीक्स कप अन्तर विद्यालय (छात्र/छात्रा) राष्ट्रिय फुटबल प्रतियोगिता  आइतबार लालबन्दीम शुरु भएको छ । नेपाल सरकार तथा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषदको समन्वय तथा चौधरी ग्रुपको मुख्य प्रायोजकमा प्रतियोगिता शुरू भएको हो ।

प्रतियोगितामा जिल्ला भरिका २६ वटा विद्यालयको सहभागीता रहेका छन् । लालबन्दीको राधाकृष्ण खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन खेल महादेव जनता नमुना उमावि हरिवन र सर्लाही एम्बिशन एकेडेमी नयाँरोड बीच खेल भएको थियो । उद्घाटन खेलमा सर्लाही एम्बिशन एकेडेमी विजयी भयो । पहिलो दिन दुई खेल भएको थियो ।

जसमा खेलको ९ औं मिनेटमा एम्बिशनका खेलाडी सुरेश लोप्चनले गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै खेलको १७ औं मिनेटमा महादेव जनता नमुना उमाविका खेलाडी अन्जल थापाले गोल फर्काउदै खेललाई बराबरीमा पुय्राए ।

निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेलको नतिजा टाई ब्रेकरबाट निकालिएको थियो । टाई ब्रेकरमा सर्लाही एम्बिशनले ३-१ को नतिजाका निकाल्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरे ।

त्यस्तै दोस्रो खेलमा गोल्डेन फ्युचर एकेडेमीलाई हराउँदै कालीन्जोर मावि पनि पहिलो जितको सुरुवात गरेको छ । पहिलो दिनको उद्घाटन सत्रमा दुई खेल खेलाए पनि भोलि देखि भने बिहान दुई खेल र दिउँसो दुई खेल हुने आयोजक संस्थाका बिष्णु सुस्लिङले जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि २ नम्बर प्रदेश सभा सदस्य बेची लुङ्गेलीले एम्पारलाई बल हस्तान्तरण गर्दै खेलको शुभारम्भ गरिन् । प्रमुख अतिथि लुङ्गेलीले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदको तर्फबाट यो देशलाई चिनाउन सकिने भएकोले राम्रोसँग खेल खेल्दै गएमा पछि नाम र दाम दुबै आउने हुँदा खेलाडीलाई सक्रिय रुपमा खेल्न सबैलाई अनुरोध गरिन् । उनले भने राम्रोसँग खेल खेल्दै गएमा पछि खेलाडीको  भविष्यमा पनि राम्रो हुने बताइन्  । खेलाडी भनेको राष्ट्रका खेलडी भएकोले आउने दिनहरुमा आफुले सकेको सहयोग गर्ने वचन बद्धता गरिन् ।

कार्यक्रममा अतिथिहरु पवित्रा घिमिरे, सुमन कार्की, दिपेन्द्र बलम्पाकी, कौशिला लुङ्गेली लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया