सुनको भाउ अहिलेसम्मकै उच्च

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौ

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन साताको पहिलो दिन आज बजार खुल्ने बित्तिकै एक हजारले वृद्धिभई तोलामा ७५ हजार ५०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन भने तोलामा ७५ हजार २०० रुपैयाँमा कायम भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य ७४ हजार २०० रुपैयाँ थियो । चाँदीको मूल्य भने प्रतितोला ९०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि चाँदीको मुल्य ९०० रुुपैयाँ नै थियो ।

गत पुस १ गते छापावाला सुन प्रतितोला ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आजसम्म आइपुग्दा छापावाल र तेजाबी सुन २० दिनको अन्तरालमा प्रतितोला ४ हजार रुपैयाँले वृद्धि भएको छ । पुस १ गते प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको चाँदी आज २० दिनमा आइपुग्दा ५० रुपैयाँले वृद्धि भएको छ ।

महासंघका अनुसार गत मंसिरमा सामान्य अंकले ओरालो लागेको सुनचाँदीको बजारमा पछिल्ला दिनमा भने उल्लेख्य मूल्य वृद्धि भएको छ । गत मंसिर १ गते छापावाल सुन प्रतितोला ७१ हजार ८०० रुपैयाँ तेजाबी सुन, ७१ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ८५५ रुपैयाँमा कारोबार भएको थियो । सोही महिनाको २० गते छापावाला सुन प्रतितोला ७१ हजार ७००,रुपैयाँ तेजावी सुन ७१ हजार ४०० रुपैयाँ र चाँदी ८५० रुपैयाँमा कारोबार भएको थियो ।

एक महिनाको अवधिमा भने छापावाला र तेजाबी सुन तीन हजार ८०० रुपैयाँले वृद्धि भएको छ । अमेरिका र इरानबीचको विवादले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारसमेतमा परेको जनाइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया