तामाङ घेदुङ प्रवास शाखा साउदीले २४ जनवरीमा ल्होछार मनाउने

84 Shares
जेद्दा, साउदी
तस्बिर : फाइल

नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरेबियाले ‘ सोनाम ल्होछार सांस्कृतिक समारोह ‘को आयोजना गरी सोनाम ल्होछार मनाउने भएको छ ।

घेदुङले बिगतका वर्षहरुमा झैं यसवर्ष तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार (जीवा) अर्थात मुसा बर्गको अवसरमा यही जनवरी २४ तारिख शुक्रबार कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष दिलबहादुर थिङले जानकारी दिए ।

बिहान ११:३० बजेबाट शुरु हुने ल्होछार विशेष कार्यक्रम साउदीको जेद्दा शहरस्थित येल्लो लेमन (Yellow Lemon) रेस्टुरेण्ट, सरफियामा हुने महिला उपाध्यक्ष शान्ति लामाले बताइन् ।उपाध्यक्ष शान्तिले थपिन् – कार्यक्रममा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् ।

मौलिक कला, संस्कार, संस्कृति, धर्म, भाषा, परम्परा, पहिचान लगायतलाई सम्बर्द्धन तथा प्रवर्द्धनका लागि घेदुङले कार्यक्रम गर्न लागेको सचिव शैलेश तामाङले बताए । सचिव तामाङका अनुसार कार्यक्रम जेद्दाका कार्यवाहक नेपाली महावाणिज्यदूतको आतिथ्यमा सम्पन्न हुनेछन् ।

घेदुङले सोनाम ल्होछार कार्यक्रमलाई भव्य बनाइदिन विभिन्न जिल्लाबाट साउदी आइपुगेका तामाङ तथा गैर तामाङहरुलाई उपस्थित हुन आग्रह गरेका छन् । मिडियाकर्मीहरुलाई बृहत प्रचारप्रसार गरी साउदीको कुनकुनमा पुर्‍याए दिन आयोजकले अनुरोध गरे ।

‘तामाङ भाषा, सांस्कृतिक प्रबर्द्धन गरौं, ताम्सालिङ प्राप्तिको लागि शक्ति निर्माणमा लागि परौँ’ भन्ने नाराका साथ यसपटकको ल्होछार मनाउन लागिएको घेदुङ सन् २०१४ मा स्थापना गरिएका थिए ।

हाल साउदीमा घेदुङकै क्षेत्रीय समिति पूर्वी क्षेत्रमा क्रियाशीलता छन्, भने राजधानी रियादमा तामाङ एकता समाज नामक तामाङ संस्था छन् । साउदी अरेबियामा हालसम्म तामाङ एकता समाजले जनवरी १७ तारिखमा र घेदुङका क्षेत्रीय समिति र केन्द्रीय समितिले एकैपटक जनवरी २४ तारिखमा ल्होछार मनाउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका