थोकरको ‘फेसबुक टिकटक’ बजारमा

राम तामाङ
राम तामाङ संम्वाददाता
जापान

नागोया ,
संगीतकार जनक थोकरको ‘फेसबुक टिकटक’ बोलको तामाङ दोहोरी गीत सार्वजनिक भएको छ ।

डम्फु मिडिया हाउसको युट्युब च्यानल मार्फत गत हप्ता सार्वजनिक भएको गीतमा शब्द र संगीत थोकर आफैको रहेको छ ।

गायक कुमार तामाङ र गायिका पुजा तामाङको स्वरमा रहेको उक्त गीतलाई प्रयास दोङले एरेन्जर र सेलो म्युजिक प्रोडक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो ,भने गीतमा दिपेश प्रधानको मिक्सिङ रहेको छ ।

गीतले अहिले सामाजिक संजालमा युवा युवातीहरुमाझ देखिएको ‘टिकटक’ को क्रेजको पाटोलाई केलाउदै तामाङ मौलिक शब्दहरुको समिश्रण गरि फरक ठट्यौली शैलीमा देखाउना खोजेको छ ।

करिब ५ दर्जनको हारहारीमा गीत लेखिसकेका थोकरले केहि समय अघि मात्रै आफ्नै संगीतमा रहेको नाकैको टुप्पोमा बोलको गीत पनि बजारमा सार्वजनिक गरेको थियो । जसमध्ये देउताको खोजी, हामी सबै नेपाली, सेम ह्रो २, डाप्चोङ गाङ, टाङ्सी बोर्साम, एदेन ङाला माया जस्ता धेरै गीतहरु अहिले पनि उत्तिकै चर्चामै छन।

 

तपाईको प्रतिक्रिया