नेवाः ताम्सालिङ प्रदेश माग गर्दै प्रदर्शन (फोटो/भिडियो)

काठमाडाैं

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय समितिको बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौडा प्रस्ताव पेश गरेसँगै आदिवासी जनजातिका विभिन्न संघसंस्थाहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

सोमबार प्रदेश ३ को नाम नेवाः ताम्सालिङ राख्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, ताम्सालिङ संघर्ष समितिका अध्यक्ष जय गोले, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बराम, नेपाली कांग्रेसका नेता एवं पूर्व कानून राज्यमन्त्री दिलमान पाख्रिन, नेकपाका केन्द्रीय सदस्य कमानसिंह तामाङ लगायतले बहुपहिचानको आधारमा नेवाः तामसालिङ प्रदेश माग गरेका छन् ।

सोमबारदेखि प्रदेश ३ को प्रदेशसभा अधिवेशन सुरु हुन लागेकाले उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदेश ३ को नाम नसच्याएसम्म आन्दोलन जारी रहेको बताउँदै उनीहरुले पुष २३ गते प्रस्तावित राजधानी हेटौडामा प्रदर्शन गर्ने जानकारी दिए ।

सम्बन्धि समाचार 

प्रदेश ३ को नामांकनबारे क-कसले के-के भने ?

प्रदेश ३ को राजधानीको नाम र स्थान आगामी प्रदेशसभा बैठकले  पारित गर्ने

‘दुई दिनमै प्रदेश नं ३ को नाम र राजधानी टुङ्गो लाग्ने’

प्रदेश ३ को नाम र राजधानी कायम गर्न नेकपा सांसदहरुलाई ह्वीप जारी गर्दै

प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम गर्ने नेकपाको निर्णय

तपाईको प्रतिक्रिया