प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा विरुद्ध दोलखामा पनि विरोध

सैलुङअनलाइन संवाददाता
0 Shares
दोलखा

प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा तोक्ने विरुद्ध मंगलबार दोलखामा पनि प्रदर्शन भएको छ । नेकपा केन्द्रीय सचिवालयको यो निर्णयको विरुद्ध नागरिक दबाव अभियानले सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा अस्थायी राजधानी खारेजी, पायक पर्ने स्थानमा राजधानी तोक्न र दलीय स्वार्थमा लागेर जनताकाे भावना विपरीत गर्न नहुने बताएका छन् ।

जुलुसपछि सातदोबाटो चोकमा आयोजित कोणसभामा नागरिक अभियन्ता चिरञ्जीवी मास्केले हेटौंडा पायक नपर्ने बताउँदै उचित स्थानमा राजधानी हुनुपर्ने माग गरे । कोणसभामा अभियन्ता दीपशंकर चौलागाई, श्याम खतिवडा लगायतले बोलेका थिए।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया