तामाङ चलचित्र ‘म्युङ पुजु’को ट्रेलर सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
119 Shares
काठमाडाैं

तामाङ कथानक चलचित्र ‘म्युङ पुजु’को ट्रेलर सार्वजनिक गरेको छ । माघे संक्रान्तिका दिन अर्थात् माघ १ गते राष्ट्रिय नाचघरमा विशेष सो गर्ने तयारीमा रहेको उक्त चलचित्रको ट्रेलर गत विहीबार सार्वजनिक गरेका हुन् ।

बिक्रम मोक्तानकाे छायाङ्कन रहेको चलचित्रको लेखन सुजन तामाङ, पटकथा रितुराज पाख्रिन, द्वन्द्व निर्देशन सुरज श्रेष्ठ तथा सहनिर्देशकमा बद्री तामाङ रहेका छन् ।

चलचित्रमा प्रेम गोले, नव नायक प्रेम तामाङ र नायिक सुष्मा मोक्तान, वीरबहादुर गोले तामाङ, अभिनाश तामाङ, सुजल तामाङ, राजु तामाङ, भिम तामाङ, प्रिङका रेग्मी, हिमा पाख्रिन, लक्ष्मी तामाङ लगायतको अभिनय रहेकाे छ।

डम्फु मिडियाको ब्यानरमा निर्मित चलचित्रलाई कान्छी माया गोलेले निर्माण गरेकी हुन् भने चलचित्रकाे निर्देशन अजय स्याङ्तानले गरेका छन् ।

नायक प्रेम गोले र नायक इश्वर लामाको प्रस्तुती रहेको चलचित्रमा नायिका सुष्मा मोक्तानको अभिनय शसक्त रहेको निर्मात्री गोलेले बताइन् ।
प्रयास दोङकाे संगीत गीतमा स्वर विशाल काल्तान, गायिका जितु लोप्चनले दिएका छन् भने शब्द कुमार स्याङ्बाकाे रहेकाे छ । गीतकाे एरेन्ज र मिक्सिङकाे काम दिपेश प्रधानले गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया