सोलुखुम्बु कांग्रेस काठमाडौं सम्पर्क समितिको प्रशिक्षण सम्पन्न

काठमाडाैं

नेपाली कांग्रेस सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिको एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका विशेष अतिथिहरुमा नेपाली कांग्रेसका पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा, नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व पार्टी सभापत आङगेलु शेर्पा, माननीय जिपछिरीङ शेर्पा, पर्यटन व्यवसायी आङ छिरीङ शेर्पा, नामग्याल शेर्पा, मिङमार दोर्जी शेर्पा, दावागेलु पाख्रिन (राजु), डोल्मा तामाङ, कृष्ण निरौला, गणेश बस्नेत, राजन जंग बस्नेत लगायत उपस्थिति रहेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेशका केन्द्रीय सभापति शेरबहादुर देउवाले सोलुखुम्बु जिल्लाको पार्टीभित्रको समस्या बारे आफू जानकार रहेको र छिट्टै समाधान गरिने बताए ।

कार्यक्रममा प्रशिक्षणको क्रममा पार्टी प्रवक्ता बिश्व प्रकाश शर्माले गुटबन्दीको राजनीति त्याग गर्दै पार्टि एक ढिक्का हुनुको विकल्प नरहेको बताए । त्यसैगरी बार एसोसिएसनका पूर्व महासचिव सुनिल पोखरेलले नेपाली कांग्रेस इतिहास बोकेको पार्टी भएको र अहिले नेकपाको सरकारले जनभावान अन्तरगत काम नगरेको हुँदा खबरदारी गर्दै आफ्ना कार्यकर्ताहरु तथा नेपाली जनतालाई सुसूचित गर्दै आगामी दिनहरुमा नेपाली कांग्रेसलाई थप सशक्त पार्दै लैजानु पर्ने आवश्यकता औंल्याए ।

पार्टी जनजागरण अभियान अन्तर्गत नै प्रशिक्षण कार्यक्रम रहेको हुँदा पार्टी कार्यकर्ताहरुलाई थप उर्जा मिलेको र यस्ता कार्यक्रमहरु सोलुखुम्बुका गाउँगाउँमा पुर्याउँदै सोलुखुम्बु कांग्रेसलाई एक ढिक्का बनाउन आफू सुकै त्याग गर्न समेत तत्पर रहेको नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व पार्टी सभापति आङगेलु शेर्पाले बताए ।

नेपाली कांग्रेसको देशव्यपी रुपमा सञ्चालित जनजागरण अभियान अन्र्तगत उक्त प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेस सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिका शभापति मनोज खड्काको सभापतित्वमा सम्पन्न भएको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका