रौतहटमा सोनाम ल्होछार मनाउने

उपेन्द्र गोले संवाददाता
रौतहट

रौतहटको चन्द्रपुर नगरपालिका- १, बागमती मङ्गलपुरमा सोनाम ल्होछारमा ‘बृहत सास्कृतिक’ कार्यक्रम हुने भएको छ ।

कार्यक्रम जीवा ल्हो (नाम्युङ) मुसा वर्ग सोनाम ल्होछारको अवसरमा परेर आउँदो माघ १० गते हुने नेपाल तामाङ घेदुङ चन्द्रपुर- १ का अध्यक्ष सूर्यबहादुर तामाङले जानकारी दिए ।

सांस्कृतिक कार्यक्रममा अबिनास घिसिङ, सुरेश लामा, सोनाम बज्यू, शशिकला मोक्तान, रेश्मा बम्जनको बेजोड प्रस्तुतिरहने नेपाल तामाङ घेदुङ रौतहटका अध्यक्ष बालकुमार लामाले जनाए ।

कार्यक्रममा स्थानीय कलाकार सुनिता लामा र प्रताब जिम्बाको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । कार्यक्रम चन्द्रपुर—१ मंगपुरस्थित टासिलिङ्बो गुम्बामा बिहान १०.०० बजेबाट हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया