बृन्दावनमा जेष्ठ नागरिकलाई परिचय पत्र वितरण

उपेन्द्र गोले संवाददाता
रौतहट

रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले जेष्ठ नागरिक परिचयपत्र वितरण सुरु गरेको छ । मंगलबार बृन्दावन नगरपालिकाको कार्यालय परिसरमा १ सय ५० जना जेष्ठ नागरिकहरुलाई परिचयपत्र वितरण गरिएको हो ।

साठी (६०) वर्ष उमेर नाघेको व्यक्तिहरुको हितका लागि परिचयपत्र वितरण सुरु गरेको नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले बताए ।

जेष्ठ नागरिक परिचयपत्र वितरण कार्यक्रममा बृन्दावन अधिकृत यादव, नायब सुब्बा हरिप्रसाद दुलाल लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

छुटेका जेष्ठ नागरिकहरुलाई नगरपालिकाको कार्यालयमा आफ्नो कागजातहरू बुझाइ परिचयपत्र लिन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया