रकम भुक्तानीपछि सुगर मिल सञ्चालनमा

उपेन्द्र गोले संवाददाता
रौतहट

सर्लाहीको बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ ।

सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको सो मिलले किसानलाई भुक्तानी गर्नुपर्ने गतवर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मंगलबार बैंक मार्फत भुक्तानी दिएपछि बुधबारबाट मिल सञ्चालनमा आउन लागेको हो ।

सञ्चालक कनौडियाले ११ करोड २६ लाख भुक्तानीका लागि बैंक जम्मा गरिदिएका थिए । गोडैता नगरपालिका मेयर देवेन्द्र कुमार यादवले सञ्चालकले किसानको पाउनु पर्ने रकम जम्मा गरिदिएपछि मिल सञ्चालनमा आउने जानकारी दिए ।

सो मिलले किसानको करीब २१ करोड बाँकी भुक्तानी गर्न बाँकिरहेको जनाइएको छ ।


तपाईको प्रतिक्रिया