प्रेसिडेन्ट कप ब्याडमिन्टन: प्रिन्स सेमिफाइनलमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौ

नेपालका प्रिन्स दाहाल जारी ‘प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिज’को सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा बिहीबार भएको पुरुष एकल यु १९ तर्फको क्वाटरफाइनल खेलमा प्रिन्सले भारतका आयन रशिदलाई २–० सेटले पराजित गरे । उनले उक्त खेल २१–१० र २१–९ अंकले जिते ।

यसअघि प्रिन्स भारतकै आर विकास प्रभुलाई हराउँदै क्वाटरफाइनलमा  पुगेको हो । मिक्स डबल्सतर्फ भने उनी पराजित भए । प्रिन्स र रसिला महर्जनको जोडी भारतका आयन रशिद र तस्निम मिरको जोडीसित २४–२६, २१–१४ र २१–८ अंकले पराजित भएको हो ।

यस्तै महिला एकलतर्फ निता लम्सालले नेपालकै निलिमा महरालाई २१–१२ र २१–६ अंकले पराजित गरी सेमिफाइनल प्रवेश गरेकी छिन् । मिक्स डबल्सतर्फ निता र गोकुल जोराको जोडीले नेपालकै नरेन्द्र बम र निलिमा महराको जोडीलाई २१–१६ र २१–१३ अंकले हराएर सेमिफाइनल पुगेको छ ।

यसैगरी पुरुष एकलतर्फ नेपालका नरेन्द्र बम श्रीलंका दुमिन्दु अवेविक्रमासित २१–७ र २१–९ अंकले पराजित भए । पुरुष एकलतर्फ भारतका अविन वशिष्ठले श्रीलंकाका दिगायु कहातापितियालाई २१–१५ र २१–८ अंकले तथा भारतका मिरब लुवाङले आफ्नै देशका शिवमकुमार मिश्रलाई २१–१२ र २१–१६ अंकले हराएर सेमिफाइनल प्रवेश गरेको छ ।

महिला एकलतर्फ रसिला महर्जन मलेसियाकी करुपथेभन लेत्शानासित २१–१४ र २१–१२ अंकले पराजित भएकी थिइन् । नेपाली सीमा राजवंशी भारतकी अनुपमा उपाध्यायसित २१–९ र २१–७ अंकले पराजित भइन् । पुरुष युगलतर्फ नेपालका अमृत चौधरी र जेवी साउदको जोडी नेपालकै डेभिड थापा मगर र युनिश राईको जोडीसित २१–१६ र २१–१२ अंकले हारे ।

श्रीलंकाका दुमिन्दु अवेविक्रमा र दिगायु कहातापितियाको जोडीले नेपालका योगेश खड्का र सत्यम सुब्बाको जोडीलाई २१–१० र २१–१०  तथा भारतका आर विकास प्रभु र अरुण कार्थिकको जोडीले नेपालका गोकुल जोरा र प्रियान्शुसिंह क्षेत्रीको जोडीलाई २१–१० र २१–१८ अंकले पराजित गर्‍यो । मिक्स डबल्सतर्फ नेपालका पेम्बा शेर्पा र सीमा राजवंशीको जोडीले अमृत चौधरी र विस्ना विष्टको जोडीलाई २१–१४ र २१–१० अंकले हराए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका