चेतकी प्रज्ञा सम्मान (पुरस्कार) तथा लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । चेतकीराज्यलक्ष्मी कार्की स्मृति विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित एक समारोह बीच पुरस्कारको वितरण प्रमुख अथिति एवम् बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रदान गरिएको हो ।
कार्यक्रममा ‘चेतकी प्रज्ञा सम्मान तथा पुरस्कार- २०७६’ संस्कृति तर्फ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङ तथा २०७६ इतिहास तर्फ ‘संशोधन मण्डल’लाई प्रदान गरियो । पचास/पचास हजार राशीको सम्मान तथा पुरस्कारक संशोधन मण्डलका सदस्य तथा प्राज्ञ दिनेशराज पन्तले ग्रहण गरेका थिए ।
त्यसैगरी ‘चेतकी प्रज्ञा सम्मान- २०७५’ हिन्दू धर्म–दर्शन तर्फ संस्कृतविद प्रा.डा. दीर्घराज घिमिरे, ‘चेतकी प्रज्ञा सम्मान- २०७४’ ललितकला तर्फ वरिष्ठ कलासाधक तथा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति के के कर्माचार्य, ‘चेतकी प्रज्ञा सम्मान- २०७३’ बौद्ध धर्म-दर्शन तर्फ संस्कृतिविद् प्रा.डा. शङ्कर थापा तथा ‘चेतकी प्रज्ञा सम्मान- २०७२’ नेपाली भाषा साहित्य तर्फ वरिष्ठ भाषाविद् प्रा.डा. चुडामणि बन्धुलाई प्रदान गरिएको छ । चारवटै सम्मान तथा पुरस्कारको राशि ३०/३० हजार रुपैयाँ रहेको छ ।
त्यस्तै ‘सुश्री लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार- २०७६’ प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य तथा कौशिकी साहित्यिक द्वैमासिकका प्रधान सम्पादक चेतनाथ धमलालाई प्रदान गरिएको छ । साथै, सो पुरस्कार- २०७५ का लागि ‘शब्द संयोजन’ साहित्यिक मासिक, २०७४ लागि ‘नवप्रज्ञापन’ साहित्यिक त्रैमासिक, २०७३ का लागि ‘सङ्गम अभियान’ साहित्यिक मासिक र २०७२ का लागि ‘श्रृङ्खला’ साहित्यिक मासिकलाई प्रदान गरिएको छ । यी पाँचवटै पुरस्कारको राशि ३०/३० हजार रुपैयाँ रहेको छ ।
‘चेतकीराज्यलक्ष्मी कार्की स्मृति छात्रावृत्ति’ भने त्रिभूवन विश्वविद्यालय, लिटल एन्जेल्सं उच्च माध्याविक विद्यालय, बुढानीलकण्ठ उच्च माध्याविक विद्यालय, देउराली प्राथमिक विद्यालय, लेले र ज्ञान प्रकाश उच्च माध्याविक विद्यालय ओखलढुङ्गामा अध्ययनरत २१ जना विद्यार्थीहरु प्रदान गरिएको छ । ४१ हजार राशीको छात्रावत्ति प्रतिष्ठानका संरक्षिका श्रीमती जुलुम कार्की तथा अध्यक्ष प्रा.विद्याधर शर्मा भट्टराईले प्रदान गरेका थिए ।
वरिष्ठ गीतकार चेतन कार्कीको अध्यक्षतामा सम्पन्न समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल साहित्यिक पत्रकार संघका निवर्तमान अध्यक्ष रोचक घिमिरे, योगविद् डा.टीपी धमला र गोरखापत्रका नायव कार्यकारी सम्पादक तुलसीहरि कोइरालाले मन्तव्य राखेका थिए ।
प्रतिष्ठानका महासचिव युवराजसिंह कार्कीद्वारा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रममो संचालन साहित्यकार राधा कार्कीले गरेको थियो ।