शनिबार नाचघरमा ‘थेत्लङ’ प्रदर्शन हुने

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को भोली पुस २६ गते शनिबार राष्ट्रिय नाचघर जमलमा प्रदर्सन हुने भएको छ ।

‘थेत्लुङ’ सिक्किम युनिभर्सिटीको ग्रेजुएशन लेभलमा अध्यापन भईरहेको देउमान लिम्बू होन्दोकुद्वारा लिखित ‘थेत्लङ’ उपन्यासमा आधारित चलचित्र हो ।

निर्देशक सागर केरुङकै पटकथा तथा संवाद रहेको चलत्रिचको छायाङ्कन सिक्किमको मार्माम, हिगाउँ, केङबारी, बन्दुके, उत्तरे, हियुमाङ, थेगु, गेजिङ, यक्सुम, दाराप लगायतका ठाउँमा गरिएको छ ।

चलचित्रमा विशाल सेनेहाङ, दिब्या सुब्बा, संगीता सम्बाहाम्फे, सर्मिला यक्सो, मुनाहाङ लिम्बू, सान्ती सुब्बा, हस्त लिबाङ, देउमान केरुङ, मणिराज लिम्बू, येहाङ लिम्बू, लिला तुम्बापो, सञ्जय ताम्लिङ, सनमायाँ लिम्बू, सुकबीर ताम्लिङलगायतले अभिनय गरेका छन्

ओपेरा इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीलाई देखाउन खोजिएको निर्माता मनि ताम्लिङ्ले  बताए ।

तपाईको प्रतिक्रिया