निर्मलाले दरबन्दी खाली रहेको खुलासा गरिन्

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौ

चर्चाको शिखर चुम्न अघि बढेकी गायिका निर्मला घिसिङको पछिल्लो कोसेली ‘दरबन्दी’ सार्वजनिक भएको छ ।

शुक्रबार बागबजारमा आयोजित एक बिशेष कार्यक्रममा सार्वजनिक भएको उक्त गीतमा सुसन लामाको शब्द र संगीत रहेको छ । एरेन्ज नोर्बु शेर्पाले गरेका हुन् । भिडियोमा कैद दृश्याङकन विक्रम मोक्तानले गरेका छन् ।

अजय स्याङतानद्वारा निर्देशित र सम्पादित भिडियोमा गायिका स्वयंले अभिनय गरेकी छिन् । थुप्रै गीत बजारमा आएपनि पुर्णतः अभिनय भने उनको पहिलो हो ।
गायिकाको वास्तविक जीवनमा झैं गीतले च्याङबाको दरबन्दी खोजेर आह्वान गरेकी छिन् ।

आपा र आमालाई मागेर लैजान समेत आग्रह गरेकी छिन् ।‘आजभोली मन हुन्छ चङ्गा’, ‘होइ च्याङ्बा’, ‘सिरिरी चल्यो हावा’, ‘कसले बनायो दाजै उडीजाने बस’ ´सम्झेको थिएँ,` उकाली ओराली जीवनको,` लगायतका गीत चर्चित छन् ।

यस्तै ‘सुखाइ गाङसाल लाला माया’, ‘चु सेम’, ‘आमाला ङा जामे रानी’, ‘खाइ तिला ताजी’ लगायतका गीतहरुले पनि दर्शक स्रोताको मनमा छाप छोड्न सफल भएका छन् । करिब ३ सय जति गीत घिसिङले गाइसकेकी छिन् ।

तपाईको प्रतिक्रिया