साउदी क्षेत्रीय घेदुङले ल्होछार कार्यक्रमसँगै अधिवेशन गर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दमाम, साउदी

नेपाल तामाङ घेदुङ साउदी अरेबियाका पूर्वी क्षेत्रीय समन्वय समिति दमामले ल्होछारसँगै अधिवेशन गर्ने भएको छ ।

दमाम घेदुङले जनवरी २४ तारिख शुक्रबार `जिवा,ल्हो´ मुसा वर्ग सोनाम ल्होछार कार्यक्रमसँग अधिवेशन गर्न लागिएको अध्यक्ष विजय लामाले बताए । कार्यक्रमका प्रमुख आतिथ्यका लागि नेपाली दूतावासका उपप्रमुख दिलीपकुमार पौडेललाई यसअघि एक कार्यक्रममा भेटी निमन्त्रणा गरेको छु, अध्यक्ष लामाले भने । ल्होछार कार्यक्रमलाई भव्य बनाउन बृहत प्रचारप्रसार लागिरहेको र चाँडै यहाका संघसंस्थाहरु, बुद्धिजीवी, सामाजिक अभियान्त, पत्रकार, व्यवसायी लगायत तामाङ तथा गैर तामाङहरुलाई निमन्त्रणा बाँड्न सुरु गर्ने जानकारी दिए ।

पूर्वी क्षेत्रीय घेदुङले दमामको सिको नजिकै रहेको परागान रेस्टुरेण्टमा ल्होछार कार्यक्रम र अधिवेशन गर्न लागिएको संरक्षक जेनकुमार लामाले बताए । संरक्षक लामाका अनुसार कार्यक्रमलाई प्रयोजन गर्न समाजसेवी तथा व्यवसायहरुलाई निमन्त्रणा बाँडिसकेको संरक्षक लामाले जानकारी दिए ।

त्यसैगरी घेदुङका उपाध्यक्ष शम्सेर तामाङले सोनाम ल्होछारलाई बृहत बनाउन सांस्कृतिक टोलीहरू तालिमा लागिसकेको बताए । उनले थपे- कलाकारहरू सहित प्रचारप्रसार जानुपर्ने भएपनि सबैको एकैचोटि छुट्टी नमिल्दा गारो भएको छ ।

दुईचार दिन भित्र  कलाकारहरुको नाम सार्वजनिक गर्छौंँ, उपाध्यक्ष तामाङले भने। उपाध्यक्ष तथा कार्यक्रमका सांस्कृतिक संयोजक तामाङका अनुसार स्थानीय कलाकारहरुले तामाङ गीत, डम्फूरे गीत, डम्फू नाच, तामाङ सेलो लगायतमा बेजोड प्रस्तुति दिनेछन् ।

सन् २०१९ जुन ६ तारिख गठन भएको साउदी घेदुङ प्रवास शाखाका क्षेत्रीय समन्वय समिति दमामले नेतृत्व विकास, कला तथा संस्कृति सम्बन्धी गोष्ठी, भाग्यशाली चिठ्ठा कार्यक्रम, मृगौला फेल भएकालाई आर्थिक सहयोग लगायत गरिसकेको छ ।

 

 

 

 

 

  सम्बन्धित समाचार 

साउदीमा ल्होछार प्रचारप्रसार तीब्र गतिमा

साउदी घेदुङद्वारा जनवरी २४ अर्थात माघ १० गते ल्होछार मनाउने घोषणा

साउदी घेदुङद्वारा संस्कृति सम्बन्धी प्रशिक्षण

साउदी घेदुङद्वारा मृगौला रोगीलाई आर्थिक सहयोग 

घेदुङको भाग्यशाली चिठ्ठा कार्यक्रम सम्पन्न 

घेदुङ समन्वय समितिमा पदपूर्ति

तपाईको प्रतिक्रिया